राष्ट्रसंघको महासभा सम्पन्न

un-conferanceन्युयोर्क, १२ असोज । विश्वभरका शीर्ष नेताका बीचमा उच्चस्तरीय छलफल गर्दै संयुक्त राष्ट्रसंघको ७१औँ वार्षिक महासभा सोमबार सम्पन्न भएको छ ।

नेताहरूले जलवायु परिवर्तन, सिरियाली द्वन्द्व समाधान र आप्रवासी समस्याका साथसाथै विकास र शान्तिका बारेमा छलफल गरेका छन् । महासभामा विश्वका १ सय ४० भन्दाबढी देशका नेताले सम्वोधन गरेका छन् । उनीहरूको सम्वोधन ‘दिगो विकास लक्ष्य हाम्रो पृथ्वीलाई रूपान्तरण गर्ने विश्वव्यापी वलिष्ठ प्रयास’मा केन्द्रित भएको थियो ।

विश्वका १ सय ९३ देश सदस्य रहेका विश्वव्यापी संस्थाको रूपमा राष्ट्रसंघ रहेको छ । यो अन्तर्राष्ट्रिय विषयमा छलफल तथा काम गर्ने विलक्षण मञ्च पनि भएको छ । राष्ट्रसंघको महासभा हरेक वर्षको सेप्टेम्बरदेखि डिसेम्बरको बीचमा नियमितरूपमा हुने गरेको छ ।

प्रतिक्रिया