डा. केसी नवौँ अनसनमा

Dr.-Govinda-Kcकाठमाडौं, ११ असोज । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले नवौँपटक अनसन सुरु गरेका छन् । सरकारलाई दिएको अल्टिमेटममा पनि आफ्ना माग पूरा हुन नसकेको भन्दै केसीले सोमबार दिउँसो ४ बजेदेखि नवौँ अनसन सुरु गरेका हुन् ।

केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी अनसन सुरु गरेको घोषणा गरे । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै यसअघि पटकपटक अनसन बस्दै आएका थिए । डा. केसीले ४ बुँदे माग अघि सार्दै अनसन सुरु गरेका हुन् । केसीले आफूहरूले पेस गरेका सुझाव अनुरूप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदबाट पारित गर्नुपर्ने माग पहिलो बुँदामा राखेका छन् ।

यसैगरी केसीले अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग लगाउनुपर्ने मागसमेत अघि सारेका छन् । उनले माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न र निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्नुपर्ने माग पनि सरकारसँग गरेका छन् ।

प्रतिक्रिया