मदन भण्डारीलाई ‘नेपाल रत्न’

200px-Madan_bhandariकाठमाडौं, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा जननेता मदनकुमार भण्डारीलाई मरणोपरान्त ‘नेपाल रत्न’ मानपदवी दिइएको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा मानपदवी पाउने अन्य महानुभावमा सुशील कोइरालालाई मरणोपरान्त र तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ‘राष्ट्रगौरव’ मानपदवी घोषणा गरिएको छ ।

‘महाउज्ज्वल कीर्तिमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा सूर्यबहादुर थापा, नरबहादुर कर्माचार्य, निर्मल लामा, र पोष्टबहादुर बोगटी (मरणोपरान्त) तथा रामहरि जोशी एवं ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ मानपदवी पाउनेमा डा.युवराज खतिवडा, वर्षमान पुन, जनार्दन शर्मा, वैद्यनाथ उपाध्याय र भानुप्रसाद आचार्य छन् ।

त्यस्तै ‘सुकीर्तिमय राष्ट्रद्वीप’ मानपदवी पाउनेमा डा.सोमलाल सुवेदी, राजेन्द्र क्षेत्री, लोकदर्शन रेग्मी, उपेन्द्रकान्त अर्याल, दुर्जुकुमार राई, दिलीपराज रेग्मीलाई विभूषित गर्ने घोषणा गरिएको छ । ‘सुप्रबल जनसेवाश्री’ मानपदवी ८३, ‘प्रबल जनसेवाश्री’ मानपदवी १ सय ३५ र ‘जनसेवाश्री’ मानपदवी ५१ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया