उदयपुरमा ‘स्वस्थ बच्चाको प्रतिस्पर्धा’ हुने

उदयपुर, १४ जेठ । ग्रामीण भेगका बालबालिकाको शारीरिक अवस्थालाई मजबुत बनाउन हुरन्डेक उदयपुरले ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । वल्र्डभिजन इन्टरनेसनलको सहयोगमा जिल्लाको १३ पहाडी गाविसका बालबालिकाको पोषण अवस्था सुधार ल्याउन उक्त कार्यक्रम लागू गर्न लागिएको हो ।

हुरन्डेक उदयपुरले मातृशिशु स्वास्थ्य परियोजनाअन्तर्गत आगामी सन् २०१७ मा सञ्चालन गर्ने कार्यक्रमको बारेमा जानकारी दिन जिल्ला स्वास्थ्य कार्यालयमा सम्पन्न बैठकमा उक्त कार्यक्रमको बारेमा जानकारी दिइएको हो । प्रतिस्पर्धामा सहभागी वालबालिका मध्ये सबैभन्दा स्वस्थलाई पुरस्कार प्रदान गरिने, दोस्रोलाई परामर्श दिइने, तेस्रो स्थान हुने दुब्लालाई पोष्टिक आहारको व्यवस्था गरिदिने र कुपोषित तथा दुब्ला बालबालिकालाई पुनःस्थापना केन्द्रमा राखी स्वास्थ्यकर्मीको रोहबरमा उपचार गरिने हुरन्डेकका अध्यक्ष दुर्गाकुमार थापाले बताए । अध्यक्ष थापाले भने ‘हुरन्डेकले आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनका लागि आगामी सन २०१७ मा सञ्चालन हुने कार्यक्रममा उक्त कार्यक्रम लागू गर्न लागिएको हो ।’

५ वर्ष मुनिका बालबालिका र उनीहरूको आमाको स्वास्थ्यमा परिवर्तन ल्याउन उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको वर्डभिजनका एलपिए मेनेजर कुवेर अधिकारीले बताए । उनले भने ‘वल्र्डभिजन इन्टरनेसनलको कार्यक्रमको मुख्य उद्देश्य भनेको वालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउनको लागि हार्डवेयर र सप्mटवेयरको कार्यक्रम गर्दछ ।’

जिल्लाका रौता, खाबु, आँपटार, पोखरी, लाफाँगाउ, जाँते, भुटार, तावाश्री, ओख्ले, लेखगाउँ, लिम्पाटार, इनामे, रुपाटार गाविसबाट सन २०१७ मा सञ्चालन गरिने क्रियाकलापको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा जिल्ला विकास समिति उदयपुरका योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेलले गैरसरकारी संस्था सरकारी कार्यालयका साझेदार र सहयोगी हुने भएकाले जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू समन्वय र सहकार्य गरेर गर्न अनुरोध गरे । उनले भने, ‘हामीले गैर सरकारी संस्थाले गरेको लगानीले के उपलब्धी भयो भनेर खोज्नेभन्दा पनि दातृ संस्थाहरूले औँल्याइएका कमजोरीहरू सरकारी कार्यालयहरूले सुधार ग¥यौँ गरेनौँ भनेर मनन गर्नुपर्छ ।’

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्तप्रमुख रामविलास यादवले सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको छाती ठूलो बनाउनु पर्छ, हामीले जनताले तिरेको कर खाएकाले सोच विचार गरेर काम गर्नुपर्ने बताए । ‘गैरसरकारी संस्था सरकारी कार्यालयका प्रतिस्पर्धी नभएर सहयोगी हुने भएकाले पोषण र स्वास्थ परियोजनालाई हाम्रो पूर्ण सहयोग रहनेछ ।’ निमित्त प्रमुख यादवले भने । हुरन्डेकले आगामी वर्ष करिब २ करोड रकम मातृशिशु स्वास्थ्य तथा पोषण परियोजनामा लगानी गर्ने जनाएको छ । स्थानीय तहबाट माग भएर आएका योजनाहरू जिल्ला स्वास्थ्य कार्यालयको स्वीकृतिमा कार्यक्रम सञ्चालन गरिन्छ । हुुरन्डेक र वर्डभिजनले आफ्ना कार्यक्रमहरू स्थानीय तहको माग अनुसार सञ्चालन गर्ने गर्दछ ।

प्रतिक्रिया