प्रेस युनियनको स्थापना दिवस सम्पन्न

press unionपाँचथर, १३ जेठ । नेपाल प्रेस युनियनको २५औँ स्थापना दिवस पाँचथरमा सम्पन्न भएको छ । दिवसको अवसर पारेर युनियनको पाँचथर शाखाले छलफल तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

युनियनले आफ्नै सभाहलमा ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो । कार्यक्रमका सहभागी पत्रकार तथा सरोकारवालाहरूले पत्रकारहरू पार्टी आस्थाका आधारमा भन्दा व्यावसायिक र खोज पत्रकारितामा लाग्न जोड दिएका छन् । सञ्चारकर्मीहरू आश्थालाई प्राथमिकतामा राख्दा पत्रकारहरू असुरक्षित हुनका साथै उनीहरूले समाचार सामग्रीको विश्वसनीयतामा समेत प्रश्नचिन्ह उठ्ने सहभागीहरूले सूझाव दिएका थिए ।

कार्यक्रममा सुम्हात्लुङ एफएमका स्टेसन म्यानेजर विजयवोध लावती सञ्चारिका समूहकी सचिव अनिता राई, पत्रकार महासंघका पूर्व अध्यक्ष लेखनाथ खतिवडा, आदीवासी जनजाती पत्रकार महासंघका अध्यक्ष गणेश साम्पाङ, प्रेस युनियनका निर्वतमान अध्यक्ष विपेन्द्र गौतम, निजामति कर्मचारी युनियन (संघ)का सचिव उमेश मेहता, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोविन्द ढकाल, गैर सरकारी संस्था महासंघका अध्यक्ष बालकृष्ण ओझा, पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना, नेपाली कांग्रेसका सचिव रूपनारायण जवेगू र सभापति नरेन्द्रकुमार केरुङलगायतले युुनियनलाई सशक्त बन्नका लागि शुभकामना सुझाव दिएका थिए ।

विभिन्न सञ्चार गृह, सञ्चार सस्था र संघठनमा क्रियाशिल पत्रकारको उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष साथै युनियन पाँचथरका अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । सञ्चालन सचिव भीमकुमार बास्कोटा र स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्र भण्डारीले राखेका थिए ।

प्रतिक्रिया