नौ लाख ज्येष्ठ नागरिकले पाए उपचार खर्च

काठमाडौं, १३ जेठ । ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको मासिक भत्ताको अतिरिक्त उपचार खर्चवापत मासिक ५ सयबाट ७० वर्ष उमेर नाघेका नौ लाख नागरिक लाभाविन्त भएका छन् । चालु आवदेखि जुनसुकै लक्षित समूहमा परेका भए पनि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई साविकमा पाई आएको मासिक भत्ताको अतिरिक्त उपचार खर्च उपलब्ध गराइएको हो ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा बिहीबार संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणका अनुसार सामाजिक सुरक्षा कार्यक्रम कार्यविधिले निर्दिष्ट गरेबमोजिम विधवा तथा ६० वर्ष माथिका एकल महिलाले भत्ता पाएका छन् । चालु आवको प्रथम ८ महिनामा लाख ६० हजार १ सय २८ जना विधवा तथा एकल महिलाले ५ सयका दरले मासिक उपचार खर्च पाएका छन् । त्यसैगरी २३ हजार ३ सय ४६ जना लोपोन्मुख आदिवासी जनजाति र ३० हजार ९ सय १२ जना पूर्ण अशक्त अपांगले प्रतिमहिना १ हजारका दरले सामाजिक सुरक्षा भत्ता पाएका हुन् । ३१ हजार ४ सय ८ जना आंशिक अपांगलाई ३ सयका दरले मासिक भत्ता वितरण गरिएको छ ।

‘चालु आव २०७२÷७३ को प्रथम ८ महिनामा कुल १ सय ९७ बालक र १ सय ३९ बालिका गरी जम्मा ३ सय ३६ बालबालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ । साथै ७७ जना बालबालिकालाई त्यस अवधिमा बालगृहमा संरक्षण दिइएको छ ।

बेचबिखनमा परी उद्धार गरिएका महिलाको विभिन्न ८ जिल्लामा सञ्चालित पुनःस्थापना गृहबाट १ हजार ४ सय ७० जनालाई आवश्यक सेवा पु¥याइएको छ । मुक्त कमलरीको सशक्तीकरणअन्तर्गत ४२ समूहमा महिला संस्थाअन्तर्गत मुक्त कमलरी गठन गरिएको छ ।

घरेलु हिंसामा परेकालाई उद्धार, संरक्षण र पुनःस्थापना गराउन जुम्ला, पाँचथर, डोटी, कञ्चनपुर, बागलुङ, सुनसरीलगायत जम्मा १७ जिल्लाका सेवा केन्द्रका १ सय ४ वटा सामुदायिक सेवा केन्द्र सञ्चालनमा रहेको समेत आर्थिक सर्वेक्षणले देखाएको छ । सो सेवा केन्द्रबाट आव २०७१÷७२ मा १ हजार ९ सय ५९ जना घरेलु हिंसामा परेका व्यक्तिलाई आवश्यक सेवा प्रदान गरिएको छ ।

त्यसैगरी अन्तरदेशीय धर्मपुर, धर्मपुत्री व्यवस्थापन विकास समितिका अनुसार आवको ८ महिनामा २ जना धर्मपुत्री प्रदान भएको छ । केन्द्रीय बालकल्याण समितिकाअनुसार आव ०७१/७२ मा काठमाडौं उपत्यकामा विभिन्न २० स्थानमा १५ वर्ष मुनिका करिब १ सय ६ सडक बालबालिका रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया