काठमाडौं, ४ जेठ । नायिका तथा चर्चित मोडल वर्षा सिवाकोटी अभिनित ‘वर–वर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा वर्षालाई साथ दिएका छन् मोडल पुष्प खड्काले । गायिका मेलिना राई र पुष्पराज बसेलको स्वर रहेको ‘वर–वर’ बोलको गीत ‘मधुर’ एल्बममा समावेश रहेको गीत हो ।
गायक पुष्पराज बसेलको यो पहिलो एल्बम हो । गीतमा अहिलेका व्यस्त संगीतकार तथा गायक साजन राइले संगीत भरेका हुन् । यो भिडियो श्रीधर पौडेलले निर्देशन तथा छायांकन गरेका हुन् । पौडेल पेसाले फोटोपत्रकार भए पनि म्युजिक भिडियो र विज्ञापनको पनि निर्माणमा सक्रिय छन् । भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।
प्रतिक्रिया