सांस्कृतिक क्रान्ति गलत

बेइजिङ, ४ जेठ । चीनमा सांस्कृतिक आन्दोलनका नाममा भएको खलबली गलत भएको भन्दै त्यसो गरिनु भूल भएको राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्सले मंगलबार जनाएकोे छ । सन् १९६६ मा तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले सुरु गरेको सांस्कृतिक क्रान्ति सुरुभएको ५०औँ वार्षिकोत्सव १६ मेलाई छलफलको विषय नबनाउन वर्तमान नेतृत्वले अनुरोध गरेबमोजिम यसलाई महत्व नदिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

चिनियाँ सांस्कृतिक क्रान्तिलाई छलफलमा ल्याइँदा यसले वर्तमान नेतृत्वको वैधानिकता गुम्नसक्ने सम्भावना देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले यसलाई चर्चाको विषय नबनाउन आग्रह गर्नुका साथै कयौँ सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीलाईसमेत हटाएको थियो ।

कयौँ समालोचकले भने यसो नगरिँदो हो त चीनमा पटकपटक रक्तपात तथा हत्याकाण्ड हुने थिए भन्दै क्रान्तिका पक्षमा अभिमत प्रकट पनि गरेका छन् । ग्लोबल टाइम्सले सांस्कृतिक क्रान्ति आवश्यक नभएको भन्दै चीनले यसलाई बिदाइगरिसकेको बताएको छ । आफ्नो मंगलबारको सम्पादकीयमा भनेको छ, ‘हामीले पुनः एकपटक भन्नुपर्छ सांस्कृतिक क्रान्ति आउन सक्ने वा आउने छैन किनकि वर्तमान चीनमा यसका लागि ठाउँ छैन ।’

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्रले सांस्कृतिक क्रान्ति सुरुभएको दिनका बारेमा ५०औँ वार्षिकोत्सवका अवसरमा समेत सांस्कृतिक क्रान्ति आवश्यक नभएको भन्ने सरकारी निर्णयमा समर्थन गर्दै सिद्धान्त वा व्यवहारमा पनि यो गलत सावित भएको बताएको छ । तर, माओका अनुयायी तथा उग्रवामपन्थी विचार राख्ने समूहको विचारले अहिले पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको विशाल एसियाली मुलुकलाई अझ पनि तरंग पैदा गर्ने देखिएको छ ।

ग्लोबल टाइम्सले नव–माओवादको पुनरुत्थान नहोरियोस् भन्दै ‘चीनले अशान्त तथा अस्तव्यस्त दशकको पीडाबाट पाठ सिक्दै सबै चिनियाँलार्ई यस्ता गतिविधि नदोहोरिउन भनेर सतर्क राख्न पहलकदमी लिन आग्रह गरेकोे छ ।’

प्रतिक्रिया