सुस्मिताको ‘म तिम्रै हुँ’ को फस्ट लुक सार्वजनिक

Susmita-1काठमाडौं, ३ जेठ । नेपाली चलचित्रमा एक समयमा निकै चर्चित नायिका सुस्मिता केसीको चलचित्र ‘म तिम्रै हुँ’ को फस्ट लुक सार्वजनिक भएको छ । अहिलेका चर्चित नायक अनमोल केसीको आमा तथा नायिका सुस्मिताले निर्माण गरेको चलचित्रमा यिनै चर्चित नायक अनमोल भने रहेका छैनन् ।

सार्वजनिक गरिएको फस्ट लुकमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ । अहिलेका स्टार अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल नदेखिनुलाई दर्शकहरूले आश्चर्यका रूपमा लिएका छन् । यो चलचित्र साउन ७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।

चलचित्रमा आकाश र ज्योत्सनाको अतिरिक्त सुस्मिता केसी सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका छन् भने सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व, हर्कुलिस बस्नेतको संगीत रहेको छ ।

कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ चलचित्रको कथा स्वयं सुस्मिताको रहेको छ । यसअघि सुस्मिताले ‘तँ त साह्रै बिग्रिस् नी बद्री’ को कथा लेखेकी थिइन् । भूवन केसीकी पूर्वपत्नी सुस्मिता अहिले सिंगल छिन् । भूवन केसीकै लगानी रहेको करोडपति, नेपाली बाबुलगायतका फिल्ममा अभिनय गरेकी सुस्मिताले बाहिरी ब्यानरको फिल्ममा भने काम गरेकी छैनन् ।

प्रतिक्रिया