काठमाडौं, २ जेठ । ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस् नेपाल’ को छैठौँ संस्करणमा आयुष न्यौपाने र निहारिका श्रेष्ठ विजेता बनेका छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितमा कृपेश मताछें र सोनिया पौडेलले फस्ट रनरअपको उपाधि हात पारे भने इशल पौड्याल र रिमा थापाले सेकेन्ड रनरअप घोषित भए । उपाधीसँंगै ६जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरू प्रदान गरेकी थिइन् ।
प्रतियोगितामा स्मारिका मानन्धर–एंकरिङ र बेष्ट ड्रेस, लिजा गुरुङ–डान्स, विभूति राज्यलक्ष्मी राणा– ब्युटिफुल हेयर, समृद्धी आरसी–ब्युटिफुल कम्पेल्क्सन, अनुज्ञा पोखरेल–बेस्ट इस्माइल, सोहिजा चपाईं–इनरजेटिक, आशिर अधिकारी–डिसिप्लेन, नवराज कटुवाल–पर्सनालिटी, विनय राज श्रेष्ठले–फ्रेन्डसिप, निहारिका श्रेष्ठ–बेस्ट वाक, रिमा थापा–फोटोजेनिक, आयुष न्यौपाने–ट्यालेन्ट, सोनिया पौडेल–पंक्चुआलिटी, डिया काफ्लेले–क्युट, कृपेश मताछें– सिन्सियर र क्रिस्टिना निरौलाले मिस पपुलरको उपाधि हात पारेका छन् ।
प्रतिक्रिया