किमको प्रस्तावले ल्याएन नयाँ सञ्चार

Kim-Jong-Un copyकाठमाडौं । उत्तर कोरियाले गत हप्ता एउटा नयाँ प्रस्ताव ल्यायो– विश्वमा निशस्त्रीकरणमा सघाउने र दक्षिण कोरियासँग एकीकरण गर्ने । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको कंग्रेसलाई सम्बोधन गर्दै यस्तो प्रस्तावको घेषणा गरे । तर, उनको यस्तो प्रस्तावप्रति विश्वमा कुनै नयाँ आशाको सञ्चार भने भएन । किनभने उत्तर कोरियाली नेताले यो आह्वान कम्तीमा पनि ५ पटकको आणविक परीक्षणपछि गरेका थिए । र, उनका यसअघिका भाषणहरूमा शक्तिशाली आणविक परीक्षणबाहेकका यस्ता शान्तिका प्रस्ताव आउने गरेका पनि थिएनन् ।

यस कारण पनि विश्व समुदायमा यो शान्तिको पहलका पक्षमा गरिएको आह्वानले कुनै आशाको सञ्चार गराउन सकेन । उनको सरकारको ‘प्रोपोगान्डा डिपार्टमेन्ट’ ले उक्त प्रस्तावको बढीमा महिनादिन मात्र अघि शक्तिशाली बम बनाउने र त्यसले कहिले अमेरिकी न्युयोर्क सहर त कहिले दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्ल्यु हाउस’मा हानेर खरानी पार्नेजस्ता उत्तेजक हर्कतहरू गरी सो विभागको वेभसाइटमा राख्ने गरेको थियो ।

कूटनीतिक रूपमा हेर्ने हो भने छिमेकी देशका लागि योभन्दा अर्काे ठूलो निन्दा केही हुँदैन । यस्तो निन्दनीय कार्यको महिना दिनभित्रै उनले आफूले विश्वमा निशस्त्रीकरणका लागि पहल गर्ने मात्र नभई ६० वर्षभन्दा अघि नै बडो सत्रूतापूर्ण सम्बधका कारण टुक्रिएर यतिका लामो समयसम्म पानी बाराबारको अवस्थामा रहेका उत्तर र दक्षिण कोरियाकाबीचको एकीकरणबारे प्रस्ताव पनि गरे ।

त्यसैले पनि उनको सो प्रस्तावप्रति दक्षिणले विश्वास गर्न सकेन र तत्कालै त्यस प्रस्ताव अस्वीकार पनि ग¥यो । दक्षिण कोरियाका राष्ट्रपतिले सो प्रस्तावको विरोध मात्र गनरेनन्, यसलाई ‘हावादारी कुरा’ को संज्ञा पनि दिए । उत्तर कोरियाली प्रस्तावको २४ घन्टा पनि नबित्दै दक्षिणले त्यस प्रस्तावप्रति विश्वास नरहेको भनी प्रतिक्रिया दिएको थियो ।

त्यसो त दक्षिण कोरियाली राष्ट्रपतिको हैसियतमा कम्तीमा पनि ४० वर्षपछि पहिलोपटक गरेको इरानको भ्रमणले पनि उत्तर र दक्षिणका बारेमा केही हुँदै त छैन भन्ने आशंका नजन्माएको होइन । दक्षिणका राष्ट्रपति पार्क गेन हाइले हप्तादिनअघि इरानको भ्रमण गरेका थिए र सो भ्रमणलगत्तै हाइले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वका लागि सहयोग पु¥याउने उद्देश्यले गरेको बताएका थिए ।

हाइको यस प्रतिक्रियापछि लगत्तैउत्तर कोरियाली नेता उनको यो पछिल्लो तर बडो नरम प्रतिक्रिया आयो जुन यसअघिका सबै नीति र कार्यक्रमको तुलनामा नाटकीयजस्तो थियो । इरान विगत लामो समयदेखि उत्तर कोरियाको सदभाव चिताउँथ्यो । उसले अमेरिका र दक्षिण कोरियाको विरुद्धमा उत्तरलाई सार्वजनिक रूपमा नै सदैव समर्थन गर्ने गर्दथ्यो । त्यसैले पनि कोरियाली प्रायद्वीपमा नयाँ परिवर्तनको अपेक्षा गरिएको हो । तर पनि उत्तरको यो ‘नरम’ प्रस्ताव र त्यसको दुई रात पनि कट्न नपाउँदै आएको दक्षिणको विरोधका कारण अब त्यो आशंकाको पनि अन्त्य भएको छ । यसमा इरानको कूटनीतिले काम गरेको देखिएन । केही दिन अघि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गरेको विषयले अब दक्षिण कोरियाबाहेकको अर्काे कुनै दशेमा पनि कुनै नयाँ तरंग ल्याउन सकेन ।

उत्तरले गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको छ । त्यसमध्येको एक परीक्षण असफल भएको छ तर पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको बाटो छोड्न मान्दैन । कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उनले राखेको यो धारणाले आखिर संसारलाई विश्वास दिलाउन नसक्नु भनेको पनि उत्तरको यसअघिको अविश्वास नै हो ।

दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्ने र वास्तविक रूपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्ने धारण उनले त्यस अवसरमा राखेका थिए । आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई विश्व जगतले नै सकारात्मक रूपमा लिने अपेक्षा नगरिएको त होइन, तर परिस्थितिले त्यो बताएन ।

दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवं अरू धेरै किसीमका बाधा ब्यबधानहरूलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरूलाई विर्सेर व्यवहारिक रूपमा सम्बन्ध सुधारको मार्गमा लाग्न उनले आग्रह समेत गरेका थिए ।

दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको बदलाको भावनाको कारण यति सजिलै उत्तर कोरियामा परिवर्तन आउला त भन्ने प्रश्न चिन्ह अहिले पनि दक्षिणको दिमागमा छँदै नै छ ।

बारम्बार आणविक परीक्षण गर्दै विश्वसामू आफ्नो शक्ति प्रदर्शन गर्ने देश उत्तर कोरिया गएको केही समययता त निरन्तर रूपमा नै आणविक परीक्षण गर्दै आएको थियो । विश्वले नै बारम्बार आग्रह गर्दा पनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको एक हठ स्वाभाव भइसकेको यो अवस्थामा उत्तर कोरियाको यो नरम स्वभावको भान पारेको झै भएको छ ।

आणविक परिक्षणको उत्तर कोरियाको स्वभावले विश्वमा शान्ति खल्बलाउने भन्दै विशेषज्ञहरूले चिन्ता व्यक्त गर्दै आएको पाइन्छ । विश्वका प्रायः देशसँग राम्रो सम्बन्ध नभएको देश उत्तर कोरियाको पछिल्लो समयमा किन यस्तो समाचार बाहिर आयो त भन्ने दक्षिण कोरियालगायत विश्वले नै प्रश्न गरेको भए पनि उसमा साँच्चिकै परिवर्तन आएको भए यसले संसारलाई नै एकीकरणको सन्देश दिन सक्थ्यो ।

बारम्बारको यस परीक्षणले भाषा, संस्कृति र रगतको नातासमेत रहेको दुई कोरियाबीचको सम्बन्ध पनि झनै बिग्रिदो अवस्थामा रहेको छ । इतिहासको पाना पल्टाउँदा दक्षिण र उत्तर कोरिया विभाजनका लागि सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्मको तीन वर्ष एक महिनाभन्दा बढी समयसम्म चलेको युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाएका थिए । नागरिकका भाषा, वेशभूषा, धर्म, संस्कृति, संस्कार, इत्यादि मिल्दोजुल्दो भए पनि त्यस बखतदेखि नै दुई राष्ट्रका राजनेताबीच परम शत्रुता चल्दै आएको र युद्धको लगभग पाँच दशकपश्चात् दुई राष्ट्रबीच सम्बन्धमा केही सुधार आएको भए पनि पुनः आणविक परीक्षण सुरु गरेर सम्बन्धमा दरार आएको छ । (रासस)

प्रतिक्रिया