काभ्रे, १ जेठ । अरनिको राजमार्गअन्र्तगत काभ्रेबाट काठमाडांै संयुक्त बस सेवा सञ्चालन हुने भएको छ । ५ जेठदेखि बनेपाबाट काठमाडौंको रत्नपार्कसम्म संयुक्त रूपमा बस सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको व्यवसायीहरूले जनाएका छन् ।
बस सञ्चालन गर्ने तयारी अन्तिम भएपनि हाल कायम रहेको सिन्डिकेट प्रणाली भने उस्ताको उस्तै रहने देखिएको छ । काभ्रे बस व्यवसायी संघ र मिनीबसको संयुक्त यातायात स्वरूप थप १५ वटा बसहरू थपिएर सञ्चालन गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । काभ्रे बस सेवा समितिको र मिनीवसको समन्वय समितिका संयोजक रेशम वैद्यले बस सञ्चालनले यात्रुहरूलाई घन्टौँ कुर्नुपर्ने समस्याबाट मुक्ति दिलाउने बताएका छन् ।
यता उपभोक्ताहरूले काभ्रेमा साना यातायातहरू सञ्चालन हँुन नदिँदा सिन्डिकेट प्रणाली लागू गरेर यातायात व्यवसायीले कमाउ धन्दा चलाउँदै आएको आरोप लगाउँदै आएका छन् । पनौतिका निमेश श्रेष्ठका अनुसार काभ्रेको पनौतिबाट काठमाडौं जाँदा बसमा १ घण्टा ३० मिनेट लाग्छ । बसहरूमा सिट पाइदैन, खाली रहेका सिटहरू पनि अस्तव्यस्त देखिने गरेको छ । धुलिखेलका कतिपय बसहरूमा पनि बस्ने सिट र बस पुरानो भएको भन्दै उनले धेरै अगाडिदेखि गुनासोहरू आएको जानकारी दिए ।
काठमाडौंबाट काभ्रे आउने बस पनौति र धुलिखेलको गरी ६ मिनेटमा लाग्ने भए पनि व्यवसायीले यात्रु नभरिएसम्म बस नहिँडाएपछि सर्वसाधरणलाई मर्का पर्दै आएको थियो । चालकलाई गाडी मालिकहरूले नै दवाब दिने गरेकाले गाडी रोकिराख्ने गरेकाले समस्या आउने गरेको काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । उनले बनेपाको नगरपालिका आशपासमा रहेका अव्यवस्थित फुटपातमा पनि व्यवस्थापनको पहल भैरहेको बताएका छन् ।
काठमाडौं जाने बसमा काभ्रेका मात्रै यात्रुहरू नभएर रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र तराईको रुटमा यात्रा गर्ने यात्रुहरूको संख्या बढी रहँदै आएको छ । अव्यवस्थित र घुइँचोकै कारण बसमा बेलाबेलामा महिलालाई यौन दुव्र्यवहार भएको घटनाहरू पनि बाहिर आएको थियो । संयुक्त यातायात सञ्चालन गर्ने कार्यक्रममा बनेपा ईलाका प्रहरी कानर्यलयका प्रमुख निरीक्षक अनिल घिमिरे जिल्ला टा«फिक प्रमुख शुकदेव खनाललगायतले कार्यक्रमा उपस्थिति जनाएका थिए ।
प्रतिक्रिया