नेपाल आइपुगिन् सोनाक्षी

sonakshiकाठमाडौं, ३१ वैशाख । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा नेपाल आइपुगेकी छन् । दिउँसो १ बजेर ५५ मिनेटमा उनी आफ्ना सुरक्षा गार्डसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी हुन् । नेपाली सेनाको टोली उनलाई लिन विमानस्थल पुगेको थियो । भूकम्पपीडित र धरहरा निर्माण सहयोगार्थ नेपाल सैनिक श्रीमती संघको आयोजनामा १ जेठमा टुँडिखेलमा हुने कार्यक्रम ‘अमरपन्छी’ कन्सर्टमा प्रस्तुति दिनका लागि नेपाल आइपुगेकी सोनाक्षी विमानस्थल अवतरणपछि कालिमाटीस्थित सोल्टी होटल पुगेकी छिन् ।

१ जेठमा साँझ हुने कार्यक्रममा सोनाक्षी र मलाइकाले भारतबाटै आएका टोलीसँग करिब २० मिनेट लामो प्रस्तुति दिनेछन् भने चर्चित नेपाली अभिनेत्री तथा गायिकाहरूको पनि प्रस्तुति रहनेछ ।

प्रतिक्रिया