काठमाडौं, ३१ वैशाख । अन्तर्राष्ट्रिय अंग्रेजी भाषा जाँच प्रणाली अर्थात् अंग्रेजीमा आइल्ट्सले २७औँ वर्षमा प्रवेश गरेको छ । क्याम्ब्रिज विश्वविद्यालय, ब्रिटिस काउन्सिल र आइडिपी अस्टे«लियाको संयुक्त पहलमा यो जाँचको सिर्जना भएको थियो । नेपालका अतिरिक्त अरू धेरैै देशमा विद्यार्थीमाझ यो लोकप्रिय जाँच हो । यस जाँचको उद्देश्य अंग्रेजी भाषामा भाषा सीप र ज्ञान कतिको छ भन्ने बुझ्ने प्रयास हो ।
नेपालमा मात्रै प्रत्येक महिना १ हजार विद्यार्थीे यो जाँचमा सहभागी हुँदै आएका छन् । काठमाडौंको लैनचौरस्थित ब्रिटिस काउन्सिलले महिनामा ३ पटक जति परीक्षा आयोजना गर्दै आएको छ । यति हुँदाहुँदै पनि आवश्यकता भन्दा कम कोटा भएको विद्यार्थीले बताउने गरेका छन् । हुन पनि अहिले विद्यार्थीहरू विदेशिने होड चलेको छ । विदेश पढ्न जानका लागि आइल्ट्स जाँचको रिपोर्ट कलेजमा बुझाइकन मात्र आइ ट्वान्टी वा अफर लेटर प्राप्त गर्न सकिन्छ । प्रत्येक वर्ष आइल्ट्स परीक्षामा उपस्थित हुने विद्यार्थीको संख्यामा वृद्धि देखिएको छ ।
यो परीक्षा नेपालको ५ स्थानमा काठमाडौं, पोखरा, भैरहवा, विराटनगर र चितवनमा ब्रिटिस काउन्सिलले लिने गरेको छ । पर्याप्त कोटा नभएकाले कतिपय विद्यार्थीहरू भारतको नयाँदिल्ली, सिलिगुडी र कोलकाता गएरै पनि टेस्ट दिएर आउने गरेका छन् । गत अप्रिल महिनादेखि ब्रिटिस काउन्सिलले कोटा थपेको छ । टेस्टको बुकिङ अनलाइनमा गरिन्छ । राहदानीको नम्बर, नाम, ठेगाना, इमेल र फोन नम्बर भए अनलाइन बुकिङ सजिलैसँग गर्न सकिने काउन्सिलले जनाएको छ । बुकिङ भइसकेपछि १० दिनभित्र परीक्षा शुल्क बुझाई रजिस्ट्रेसन गर्नु पर्दछ । आइल्ट्सको शुल्क यो वर्ष अप्रिल महिनादेखि १६ हजार ९ सय ५० भएको छ । एकपटक परीक्षा दिएपछि मार्कसिट, जसलाई जाँच रिपोर्ट फर्म भनिन्छ, २ वर्षसम्म प्रयोग गर्न मिल्ने हुन्छ । परीक्षा दिएको मितिले २ वर्ष पूरा भएपछि यसको म्याद सकिन्छ । त्यसपछि विद्यार्थीलाई चाहिएको खण्डमा फेरि टेस्टमा सहभागी हुनुपर्छ ।
आइल्ट्स यस्तो जाँच हो जसमा पास हुनलाई कुनै अंक तोकिएको छैन । ० देखि ९ अंकको हाराहारीमा विद्यार्थीको भाषा सीप र क्षमताको मूल्यांकन गरिन्छ । यसलाई ब्यान्ड स्कोर भनिन्छ । ० ल्याउनु भनेको टेस्टमा अनुपस्थित हुनु हो । ६ दशमलव ५ आयो भने भाषामा राम्रो दखल वा क्षमता जनाउँछ । ९ ब्यान्ड स्कोर ल्याउने विद्यार्थीलाई अंग्रेजी भाषामा राम्रो भाषिक प्रयोगकर्ता मानिन्छ ।
आइल्ट्स टेस्ट ४ भागमा विभाजित छ । प्रथम आधा घन्टा अंग्रेजीमा संवाद सुनेर ४० प्रश्नको उत्तर गर्नुपर्ने हुन्छ । त्यसपछि १ घन्टाको समयमा ३ लेख पढेर ४० प्रश्नको उत्तर गर्नुपर्छ । अर्को १ घन्टामा २ वटा प्रश्न, रिपोर्ट र निबन्ध लेख्नुपर्छ । अन्तिममा १५ मिनेटको मौखिक अन्तर्वार्ता हुन्छ । यसले विद्यार्थीको बोलीचाली, शब्द उच्चारण र वाक्यमा ध्यान दिइरहेको हुन्छ । आइल्ट्स टेस्ट दिएपछि शिक्षा, पिआर वा क्यारियरका निम्ति विदेशिनेको चाप बर्र्सेेनि बढ्दै गएको छ । आइल्ट्स दिएका विद्यार्थीहरू अस्टे«लिया, न्युजिल्यान्ड, क्यानडा, अमेरिका, बेलायतजस्ता देशतिर लाग्छन् । युरोपमा पनि स्नातकोत्तर तहमा पढ्न आइल्ट्स गरेको हुनुपर्ने विश्वविद्यालयहरूको माग छ । धेरैजसो कलेजहरूले आइल्ट्समा कम्तीमा पनि ६ अंक प्राप्त गरेको खोज्ने गरेका छन् । आइल्ट्स विद्यार्थीको अंग्रेजी भाषामा कस्तो लेभल छ, व्याकरण, उच्चारण, लेखन, पठन इत्यादिको परख गर्ने तरिका हो ।
– प्रशिक्षार्थी पत्रकार
प्रतिक्रिया