काठमाडौं, ३० वैशाख । गायक तथा संगीतकार रबीजंग थापाको शब्द तथा स्वर रहेको गीत ‘एकपल…’लगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका मोडल निराजन सिं अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित भएका छन् । मलेसियाको क्वालालम्पुरमा एइइएफ नामक मल्टिनेशनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)द्वारा आयोजित प्रेस्टिजियस ब्रान्ड अवार्डमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका छन् ।
ललितपुर–९ गाँछेका निराजन समाज सेवा र व्यवसायमा पनि क्रियाशील छन् । अभिनय, सामाजिक कार्यमा सक्रिय र व्यवसायको लगावका कारणले १ महिना अगाडि मात्र निराजनलाई किङ युनिभर्सिटी, अमेरिकाले व्यावसायिक हिसाबले सफल तथा अब्बल युवाको कदर तथा सम्मान स्वरूप डक्टरेट उपाधिले सम्मान गरेको थियो । उनको सक्रियतालाई ध्यानमा राखेर उनलाई यो उपाधिले सम्मान गरिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया