संघीयताको टुंगो लगेपछि मात्र चुनाव : यादव

विराटनगर, २९ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले संघीयताको टुंगो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु संघीयतालाई समाप्त पार्ने कार्य भएको उल्लेख गरेका छन् । उनले भने, ‘स्थानीय निकायको पुनर्संरचना हुनुपर्ने, संविधानको पुनर्लेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन ।’

उनले संघीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए ।

आन्दोलनको स्वरूप परिवर्तन गरिएको उल्लेख गर्दै उनले २ जेठदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार ग¥यो भने जनताले प्रतिकार गर्ने दाबी गरे ।

उनले संघीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि संघर्षमा लाग्ने बताए ।

प्रतिक्रिया