वेस्ट भर्जिनियामा हिलारीको हार

Hilariवासिंगटन । अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका एकजना उम्मेदवार बर्नी स्यान्डर्स्ले वेस्ट भर्जिनियामा राज्यमा प्राइमरीको जित हासिल गरेका छन् । उक्त राज्यमा भएको प्राइमरीमा डेमोक्र्याटिक दलकै तर्फकी अर्की उम्मेदवार हिलारी क्लिन्टनलाई उनले पराजित गरेका हुन् ।

वेस्ट भर्जिनियामा डेमोक्र्याटिकका ३७ जना प्रतिनिधि रहेका छन् । तर, उनको त्यहाँ जनमत रहेको यथार्थलाई स्वीकार भने गरिएको थिएन । मंगलबार मात्र अमेरिकी उपराष्ट्रपति जो बाइदेनले उक्त राज्यमा हिलारी क्लिन्टनले नै जित्ने सुनिश्चित रहेको प्रतिक्रिया दिएका थिए । स्यान्डर्स्ले पनि आफूले प्रतिश्पर्धा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया