‘पागल पागल’ गीत रिलिज

pagl pagalकाठमाडौं । आउने शुक्रबारबाट रिलिज हुने नेपाली चलचित्र ‘के म तिम्रो होइन र’को अर्को गीत रिलिज भएको छ । प्रताप दासको स्वर, आकाश अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘पागल पागल’ बोलको गीतको भिडियो चलचित्र प्रदर्शनमा आउनुभन्दा २ दिन अगाडि रिलिज गरिएको हो ।

आकाश अधिकारी निर्देशित यो चलचित्रबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेलले डेब्यु गरेका छन् । अधिकारी ब्रदर्सको ब्यानर र ‘द स्काई मुभिज’को सहकार्यमा तयार भएको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।
निर्देशक अधिकारीका अनुसार देशभरका करिब ७५ बढी हलमा यो चलचित्र रिलिज हुनेछ । (सौस)

प्रतिक्रिया