अस्ट्रेलियाबाट आयो सहयोग

बुटवल, २५ बैशाख । रूपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले रूपन्देहीका विभिन्न सामाजिक संघ संस्थालाई विभिन्न प्रकारको सहयोग गरेको छ । सामाजिक सेवालाई मुख्य उद्देश्य राखेर गठन भएको सामाजिक सञ्जालले स्थापनाको ७ महिनामा सहयोग गरेको हो ।

सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष के.सीले रूपन्देहीमा आएर विभिन्न पाँच चरणमा सहयोगका कार्यक्रम गरेका छन् । जस मध्ये शनिबार सञ्जालले बुटवल १३ देविनगरमा रहेको नेपाल अपांग आश्रमलाई अपांगमैत्री शौचालय तथा बाथरुम निर्माण गर्न आर्थिक सहयोग गरेको छ । ह्वयील चियर शौचालयसँग भित्रै जान मिल्ने शौचालय निर्माण ३ महिनाभित्रै सम्पन्न गर्ने गरी रकम उपलब्ध गराइको सञ्जालका अध्यक्ष राज खनालले जानकारी दिए ।

शौचालय निर्माणका लागि शनिबार शिलान्याससमेत गरिएको छ । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष केसीले शौचालय निर्माणका आश्रमका अध्यक्ष डोलराज रामदामको रोहवरमा लुम्बिनी वेलफेयर सोसाईटीका खगेन्द्र रेग्मीलाई २ लाख रूपैयाको चेक हस्तान्तरण गरेका छन् । उक्त शौचालय निर्माणको जिम्मा स्थानीय श्याम थापाले लिएका छन् । सञ्जालले नववर्षको अवसरमा अस्ट्रेलियामा आयोजना गरेको सांगतिक साँझ–२०७३ अन्तर्गत उठेको केही रकम पहिलो चरणमा अपांग आश्रमलाई सहयोग गरेको उपाध्यक्ष केसीले बताए ।

त्यसैगरी शनिबारै मणिग्राममा रहेको आत्मसान्ती अनाथ आश्रमको अक्षयकोषका लागि सञ्जालले १ लाख रूपैया सहयोग गरेको छ । सञ्जालका संस्थापक अध्यक्ष राज खनाल, उपाध्यक्ष सन्तोष केसीले आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा समाजसेवीहरू टेकनारायण पोख्रेल, बलराम न्यौपानेको समेत उपस्थिती रहेको थियो । सञ्जालले पाँच प्रोजेक्टमध्ये अन्य तीनवटा प्रोजेक्टमा हाल सहयोग गर्ने निर्णय गरेको छ । जस मध्ये लुम्बिनी अञ्चल अस्पतालको इमरजेन्सी र प्रसुती वाडमा ईलेक्ट्रोनिक पानी ट्यांकीका राख्नका लागि नगद १ लाख रूपैयाँ सहयोग गरेको गर्ने भएको छ । त्यस्तै बुटवल माविमा कक्षा ६ मा पढ्ने अति गरिव तथा विपन्न लालबहादुर गाहा र कान्ति कुञ्जमा पढ्ने सागर क्षेत्रीलाई एक वर्ष सम्म पढाइदिने भएको छ । त्यसैगरी सञ्जालले पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलको सहयोगमा ट्राफिक नियमसँग सम्बन्धित तीन वटा ठूला होडिङ बोड राख्ने बताएको छ ।

यसैबीच रूपन्देही सामाजिक सञ्जाल अष्टे«लियाका संस्थापक अध्यक्ष राज खनालले नेपाल अपांग आश्रम देविनगरमा सलिना वि.क लाई उपचारका लागि नगद १० हजार रूपैयाँ सहयोग गरेका छन् । सलिनाको टाउकोमा पानी जमेको छ । उनको उपचारका लागि सहयोग गरिदिन आश्रमले सबैलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया