मनमोहन स्मृति फुटबल : क्युपेक र यातायतको टिम उपाधि नजिक

काठमाडौं, १६ वैशाख । मनमोहन स्मृति मेडे कप फुटबलमा प्रतियोगितामा क्युपेक नेपाल र ललितपुर यातायतको टिम उपाधि नजिक पुगेका छन् । पेप्सिकोला टाउन प्लानिङमा बिहीबार भएको सेमिफाइनल खेलमा क्युपेकले एयरपोर्ट यातायातको टिममाथि ३–० को सहज जित निकाल्यो ।

विजय टिमका लागि विप्लप शाहले २ तथा कबिन लिम्बूले १ गोल गरेका थिए । मोदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा सञ्चालन भएको दोस्रो सेमिफाइनलमा ललितपुर यातायतको टिमले तार्केश्वर यातायतको टिमलाई २–१ गोल अन्तरले हरायो । विजय टिमबाट सन्तोष श्रेष्ठ र प्रकाश थापाले समान १–१ गोल गरे भने तार्केश्वरकातर्फबाट विशाल रोकाले १ गोल फर्काएका थिए । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया