चार गाविस भूक्षयको अति जोखिममा

अछाम, १३ वैशाख । अछाम जिल्लाका ४ गाविस भूक्षयको अति जोखिममा रहेको जनाइएको छ । जिल्लाका अति दुर्गम रहफ, भैरवस्थान, खप्तड र बाब्ला गाविस भूक्षयको अति जोखिममा रहेको हो ।

जिल्ला भू–संरक्षण कार्यालयले गरेको अध्ययनले उक्त गाविसहरू भूक्षयको जोखिममा रहेको पाइएको बताइएको छ । ग्रामीण क्षेत्रमा रहेका ती गाविसमा रहेका वनजंगल मासिनु, पानीका मुहान सुक्नु, पहिरो जानु, पहिलेको तुलनामा मौसममा परिवर्तन आउनुलगायतका संकेत देखिएकाले भूक्षयको अति जोखिम रहेको जिल्ला भू–संरक्षण कार्यालय, अछामले जनाएको छ । ३ वटा नगरपालिका र ५५ वटा गाविस रहेको जिल्लाका अन्य केही गाविससमेत जोखिममा रहेको बताइएको छ ।

करिब ९ महिना अगाडि मात्र जिल्लामा स्थापना भएको जिल्ला भू–संरक्षण कार्यालयले जिल्लाको भूक्षय नियन्त्रण पानीका स्रोतको संरक्षण वातावरण अनुकूलनलगायतका क्रियाकलाप सञ्चालन गरिरहको जिल्ला भू–संरक्षण अधिकृत शिवप्रसाद पोखरेलले बताए ।

प्रतिक्रिया