नयाँदिल्ली । नेपाली गायक उदितनारायण झालाई भारत सरकारले पद्म भूषण अवार्डले सम्मान गरेको छ । यो भारतको सरकारले दिने तेस्रो ठूलो नागरिक सम्मान हो ।
नयाँदिल्लीमा मंगलबार उदितसँगै भारतीय टेनिस खेलाडी सानिया मिर्जालाई भारतका राष्ट्रपति प्रणव मूखर्जीले सो अवार्ड प्रदान गरेका हुन् । गीतसंगीतको दुनियाँमा अतुलनीय योगदान पु¥याएकोमा भारत सरकारले उक्त सम्मान उदितलाई प्रदान गरेको जनाएको छ । पुरस्कार समारोहमा कालो रंगको सुट लगाएका थिए भने पुरस्कार पाएपछि राष्ट्रपतिको खुट्टा छोएको भारतीय मिडियाले जनाएका छन् ।
राष्ट्रपति भवनमा उदितसँगै अभिनेता रजनीकान्तलाई दोस्रो ठूलो सम्मान पद्म भूषण दिइएको थियो भने अभिनेत्री प्रियंका चोपडालाई पद्मश्रीले सम्मानित गरिएको थियो । (एजेन्सी)
प्रतिक्रिया