अस्वाभाविक सम्पत्ति आर्जन गर्नेविरुद्व मुद्दा

काठमाडौं, १९ चैत । अस्वाभाविक सम्पती आर्जन गरेको अभियोगमा क्षेत्रीय हुलाक निर्देशनालय मोरङका तत्कालीन लेखाअधिकृत कुमारबहादुर कटवालविरुद्ध अख्तियार शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड रुपैयाँभन्दा बढीसम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको देखिएको भन्दै उनीविरुद्व मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेपछि आव ०६८÷६९ सम्मको जाँच अवधिका विभिन्न वर्षमा कटवालले परिवारका सदस्यका नाममा खरिद गरेको चलअचल सम्पत्ति र तथ्यका आधारमा सो परिमाणको रकमको स्रोत नखुलेको पाइएको हो । कटवालको खुद आय र आर्थिक गतिविधि ९१ लाख ४३ हजार ६ सय ९ रुपैयाँ मात्रै वैध देखिने आयोगले जनाएको छ ।

कटवालले आफ्नो पदको दुरुपयोग गरी मनासिब कारणविना अस्वाभाविक उच्च जीवनस्तरयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराका नाममा लगानी गरेको र छोरीको अध्ययनमा खर्च गरेको पाइएको छ ।

प्रतिक्रिया