देशभरका निर्माण व्यवसायी रत्ननगरमा

k|wfgdGqL s]kL zdf{ cf]nL lrtjgsf] /Tggu/df a'waf/b]lv ;'? ePsf] g]kfn lgdf{0f Joj;foL dxf;ª3sf] ;fwf/0f;efdf cfof]hssf tkm{af6 lbOPsf] dfofsf] lrgf] -u}F8fsf] d"lt{_ u|x0f ug'{x'Fb} . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/-lrtjg_, /f;;

चितवन, १७ चैत । भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका १ हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् ।

‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासंघको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरू भेला भएका हुन् । बुधबार सुरु भएको २ दिने केन्द्रीय साधारणसभा हुन लागेकाले व्यवसायीहरू मंगलबार नै आइपुगेको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक होमकुमार आचार्यले जानकारी दिए ।

सोमबार आएको हावाहुरीले टेन्ट पूरै उडाएको भए पनि पुनर्निर्माण गरिएको उनले जानकारी दिए । बिहीबार २ दिन चल्ने साधारणसभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा उपप्रधानमन्त्री विजय गच्छदारको पनि सहभागिता रहने आयोजकले जनाएका छन् । महासंघको १८औँ साधारणसभासँगै सोही अवसरमा रजत जयन्ती शुभारम्भसहित सम्मान तथा पुरस्कार वितरण समारोह पनि हुने आयोजकले बताए । अहिले रत्ननगरका विभिन्न क्षेत्र व्यवसायीले सिँगारेका छन् ।

साधारणसभा चितवन घोषणापत्र जारी गर्दै १८ गते सौराहामा समापन गरिने निर्माण व्यवसायी संघ चितवनका द्वितीय उपाध्यक्ष उमानन्द कँडेलले जानकारी दिए । गत वैशाख १२ र २९ गते गएको भूकम्पबाट परेको असर, नाकाबन्दीले पारेको प्रभाव तथा पुनर्निर्माण कार्यमा निर्माण व्यवसायीको भूमिकाका विषयमा साधारणसभा केन्द्रित हुने कँडेलले जानकारी दिए ।

महासंघ स्थापना भएको २५औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा वर्षभरि गरिने कार्यक्रमको समेत शुभारम्भ गरिने जनाइएको छ । कार्यक्रममा मुलुकको निर्माण क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई विभिन्न २७ विधामा सम्मान तथा १ जनालाई महासंघ गौरव सम्मान पुरस्कार प्रदान गरिनेछ ।

साधारणसभामा देशभरिबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी १ हजार २ सयभन्दा बढी सहभागी हुने जनाइएको छ । देशभरि १२ हजार ५ सयभन्दा बढी निर्माण व्यवसायी महासंघमा आबद्ध रहेका छन् । साधारणसभा सफल पार्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्णुभाइ श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिक्रिया