तेल पाइन्छ, हल्लाको पछि नलाग्नुस् : निगम

Nepal-Oil-Nigam-ktmकाठमाडौं, १५ चैत । नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ । पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेपछि निगमले कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको हो ।

निगमका प्रवक्ता मुकुन्द्र घिमिरेले भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि लाग्नुको अर्थ नरहेको बताए । उनले भने, ‘हामीले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएका छौँ, अनावश्यक हल्लाको पछाडि लाग्नु कुनै अर्थ छैन ।’

निगमले आइतबार उपत्यकामा कुल ४ लाख र हाल ६ लाख लिटर पेट्रोल उपलब्ध गराएको छ । होलीको समयमा भारतबाट कम इन्धन आएपछि निगमले पम्पलाई केही कम इन्धन दिएको थियो ।

प्रतिक्रिया