बुटवल, १२ चैत । बुटवल–१० सुख्खानगरमा रहेको एभेरेस्ट उच्च माविमा १३ फागुनमा घटेको घटना अझै साम्य भएको छैन । १३ फागुनमा विद्यार्थी अनील चौधरीले विद्यालयभित्र छात्रावासमै ‘आत्महत्या’ गरेको भनिए पनि पीडितपक्षले भने त्यसलाई ‘हत्या’ भएको भन्दै छानबिनको माग गरेको छ ।
बिहीबार पीडितपक्ष तथा विभिन्न मानवअधिकारीकर्मीहरूको सँगैको आयोजित पत्रकार सम्मेलनमा मृतक अनीलका बुबा दीनानाथ चौधरीले छोराको ‘आत्महत्या’ नभई ‘हत्या’ भएकाले सत्यतथ्य छानबिन भई कारबाहीको माग गरे । उनले छोराको घटनाका विषयमा प्रहरी प्रशासन तथा विद्यालय गम्भीर नभएको भन्दै दोषीलाई कारबाही र पीडित परिबारलाई न्याय दिलाउन आग्रह गरे ।
अनीलले १३ फागुनमा विद्यालयको छात्रावासमा सिरकको खोल च्यातेर बाथरुममा आत्महत्या गरेका थिए । अनीलका बुबा दीनानाथले स्कुलको जिम्मामा छोरालाई छाडे पनि विद्यालयले लापरबाही गरेको आरोप लगाए । उनले भने, ‘घटना राती ९ बजे घट्यो तर शवलाई ११ बजे मात्र किन अस्पताल लगियो’ प्रश्न गरे । उनले प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै आपूmहरूले हुलाकबाट पठाएको बताए ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले घटना हुँदाको दिन आपूm विद्यालयमा नभएको र होस्टेल वार्डन पनि बिदामा रहेको बताए । उनले पछि बुझ्दा बाथरुममा झुन्डिएर आत्महत्या गरेको र अस्पताल लगेपछि आपूm सिधै राती ११ बजे अस्पतालमा आएको बताए । ‘हामीले त्यहिबेलामै पीडितसँग घटनाको जानकारी गरायौँ, शवको पोस्टमार्टम र शंका लागेमा अनुसन्धानका लागि तयारी थियाँै, र छौँ’ उनले भने, ‘यदि दोषी कोही छ भने अनुसन्धान गरी कारबाही हुनुपर्छ ।’
यता इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र पोस्टमार्टम रिपोर्टमा पनि आत्महत्या नै हो भनी प्रमाणित भएको बताए । उनले पहिले नै मौखिम रूपमा पोस्टमार्टम गर्नु पर्दैन, हामीले शव बुझ्छौँ पीडितले भने पनि हामी आपैmँले शवलाई पोस्टमार्टम गर्नुपर्छ भनी पोस्टमार्टमका लागि शव लगेको बताए । उनले केही समयपछि घटना शंकास्पद लागेको भन्दै किटानी जाहेरीका लागि आए पनि घटनाको यतिकै पनि २ वर्ष अनुसन्धान हुने र पहिले त्यस्तै शंकास्पद केही नभएको आफँै पीडितले बताएपछि किटानी जाहेरी लिने कुनै आधार नभएकाले जाहेरी दर्ता नगरेको बताए । उनले भने, ‘पहिले पर्दैन भन्नुभयो, पछि किटानी हुलाकबाट पनि आएको थियो ।’
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलका चन्द्रकान्त चापागाईंले घटनाको सत्यतथ्य बाहिर आउनुपर्ने बताए । उनले आपूmहरू कहाँ पनि जाहेरी लिएर पीडित आएको बताए ।
व्याप्सन रुपन्देहीका उपाध्यक्ष लालहरी पाण्डेले दोषीलाई कारबाही हुनुपर्ने र त्यसका लागि पीडितपक्ष तथा विद्यालय दुवैलाई सहयोग गर्ने बताएका थिए ।
प्रतिक्रिया