काभ्रे, १२ चैत । भक्तपुरदेखि काभ्रेहुँदै सिन्धुपाल्चोकसम्म तेलको कालोबजारी हुने गरेको खुलेको छ । गएको बिहीबार ना १ ख ८७५८ नम्बरको तेलसहितको ट्यांङकर सिन्धुपाल्चोक लैजाने क्रममा प्रहरीले आवश्यक चेकजाँच गर्दा यस्तो फेला परेको हो । सिन्धुपाल्चोकको क्रसर जाल्फा कन्ट्रक्सनको लागि ल्याइएको भनिएको ३ सय लिटर डिजेलको बिल किर्ते फेला पारेको प्रहरीले जनाएको छ ।
डिएसपी नवीनकुमार राईका अनुसार पेट्रोलको बिल देखाएर डिजेल लैजाँदै गर्दा खावामा बरामद गरेको हो । उनले ट्यांकर लैजाँदै गर्दा सोधबुझ गर्ने क्रममा बिल माग्दा पेट्रोलको बिल देखाएको बताए । उनले बोकेको डिजेल बिल पेट्रोलको भएपछि थप शंकालागेकाले नियन्त्रणमा राखिएको बताएका छन् ।
सूर्यविनायक आयल स्टोरबाट सल्लाघारीका मधुराम प्रधानांगले फटकशिलाको बिल प्रयोग गरेको बताइएको छ । यता प्रहरीचौकी सिपाघाटले भने पाल्चोकी आयल स्टोरको नाममा आएको भनिएको सो तेल नभएको र सो आयल स्टोरमा भएको तेलको विवरण सही भएको जनाइएको छ । प्रहरीको मुचुल्कामा पाल्चोकीसँग मधुरामको कुनै सम्बन्ध नभएको पनि राईले बताएका छन् ।
प्रतिक्रिया