अब राजनीति विकास केन्द्रित हुनपर्छ : पहाडी

mansik santula biपाँचथर, ११ चैत । मानवअधिकारकर्मी कृष्ण पहाडीले मुलुकले विविधखाले राजनीतिको संक्रमणको सामना गरिसकेकाले अवको राजनीति विकास केन्द्रित हुनुपर्ने बताएका छन् । पाँचथरको फिदिममा अयोजित जागरण सभालाई सम्बोधन गर्दै पहाडीले विकासको राजनीतिले मात्रै अबको राजनीतिक दलको भविष्य सुनिश्चित गर्ने धारणा राखेका छन् ।

मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापतिसमेत रहेका पहाडीले घृणाको राजनीतिले अराजकता र हिंसा मात्रै पैदा गर्ने भएकाले राजनीतिक दलका नेताहरूले त्यसलाई त्याग्नुपर्ने बताए । शान्ति अहिंसा राष्ट्रिय स्वाभिमान एकता सद्भाव र आत्मसम्मान राष्ट्रव्यापी जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा ४ र ५ मंसिर ०७२ मा पारित म्याग्दीको १८औँ राष्ट्रिय परिषद् बैठकको प्रस्तावलाई वाचनसमेत गरिएको थियो ।

प्रस्तावमा समाजमा घृणा र विद्वेष फैलाउने अभिव्यक्ति मानवताविरुद्ध भएको उल्लेख छ । समुन्नत र सक्षम समाज निर्माणका लागि समाजले १० वर्ष यता निरन्तर काम गर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा कवि सुदिर सत्यालले राष्ट्रवादी कविता वाचन गरेका थिए । कार्यक्रम असिम मेडिकल पसल नजिककोे खालीभागमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया