तीनवर्षदेखि साङलोमा

mansik santula bi copyउदयपुर, ११ चैत । उदयपुरको सदरमुकाम नजिकै रहेको जोगिदह गाविस ९ मोतिहाईका २८ वर्षीय नन्दन राजधामी विगत ३ वर्षदेखि पशुभैmँ फलामे साङ्लोमा बाँधिएर बस्न बाध्य भएका छन । आर्थिक अवस्था कमजोर भएका कारण मानसिक सन्तुलन गुमाउन पुगेका उनलाई उपचार गर्ने आर्थिक अभावका कारण बाँधेर राख्नुपरेको उनको आफन्तहरूले बताएका छन् ।

विगत ३ वर्ष अघिदेखि मानसिक सन्तुलन बिग्रिएपछि उनलाई अहिले ५ किलोको फलामे साङलोले बाँधेर राख्ने गरेको छिमेकी भबुराम राईले बताए । गरिब तथा विपन्न परिवारका सदस्य भएकाले पनि उपचारका लागि रकम जुटाउन नसक्दा युवा अवस्थामा नै उनी पशु सरह जीवन जिउन बाध्य भएका हुन । परिवारको माइलो छोरो रहेको उनी ३ वर्ष बुनिबुतो गरेर परिवारका सदस्यालाई गुजारा गराउन टेवा दिँदै आएका थिए । तर, एक्कासि आएर छोराको मानसिक सन्तुलन बिग्रिएकोमा बाबु बृहस्पति राजधामी दुःखि छन् । उनका अनुसार २ वर्षअघि काठमाडांैको मानसिक अस्पतालमा उपचार गरी निको भएको थियो । तर, त्यहाँ केही महिना थप उपचार गराउन डाक्टरले भने पनि १ महिना मात्र उपचार गराएर ल्याएको बाबु राजधामीले बताए । घरको आर्थिक अवस्था कमजोर भएका कारण दैनिक रूपमा ज्याला मजदुरी गरेर जिविकोर्पाजन गर्नुपर्ने भएकाले पनि छोरालाई उपचार गर्ने रकम अभावका भएकाले थप उपचार गर्न नसकेको आमा दुलवति राजधामीले बताइन । अस्पतालको डाक्टरले उपचार गरे निको हुने बताए पनि पहिला १ महिना उपचार गर्दा लागेको ऋण ६० हजार रुपैयाँ तिर्न मुस्किल परेको बाबु वृहस्पति राजधानीले बताए ।

मोतिगडा–फत्तेपुर सडक नजिकै रहेको रहेको १५ धुर जग्गामा बनेको सानो झुपडीबाहेक आपूmसँग अरू कुनै जग्गा जमिन नभएको राजधामीले बताए । दैनिक रूपमा ज्याला मजदुरी र अरूको जग्गा बटिया गरेर बिहान बेलुकाको छाक टार्ने गरेको उनले बताए । राजधामीका ३ भाई छोरा मध्ये माइलोे छोरा हुन उनी, ३ वर्षबाट एक्कासि कसरी मानसिक सन्तुलन गुम्यो, थाहा पाउन सकिन बाबुको भनाइ थियो । मानसिक सन्तुलन बिग्रिएका राजधामीले दोहोरो कुराकानी गर्न सक्ने भए पनि उनी सधैँ नांगै बस्ने र जे पायो त्यहि खाने अरूलाई कुटपिट गर्ने गरेकाले बाध्य भएर फलामे साङलोले बाँधेर राख्नुपरेको उनको गुनासो रहेको छ । घरको खम्बामा ठूलो साङ्लोले बाँधेर राखेका उनलाई त्यही नै खानेकुरा दिने गरेको बताइन्छ । यसरी पशु सरह बाँधेर राखेका राजधामीले त्यही दिसापिसाब गर्ने गरेका छन । बाँधेर नराखे घर परिवारका सदस्य तथा गाउँका मानिसलाई आक्रमण गर्ने भएकाले पनि बाँधेर राख्नुपरेको उनका कान्छो भाइ धिरेन राजधामीले बताए । गाउँका मानिस जाँदा उनले रक्सी खान देऊ भन्ने गरेको रक्सीसँग के चटनी खाने त भन्दा आपूmले गरेको दिसालाई नै देखाउँदै यो चटनी खानुपर्छ भन्ने गरेको १ छिमेकीले जानकारी दिए ।

प्रतिक्रिया