जाजरकोट, १० चैत । जाजरकोटका ३६ प्रतिशत विद्यालयमा मात्र खानेपानी र शौचालयको सामान्य पहुँच पुगेको पाइएको छ । जिल्लाका कुल ४ सय ४० विद्यालयमध्ये १ सय ६४ विद्यालयमा शौचालय भएर सामान्य प्रयोग भएको पाइएको हो । त्यस्तै २ सय २५ विद्यालयमा सामान्य खानेपानीको पहुँच भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाभरिका ८१ वटा विद्यालय मात्र बालमैत्री बन्न योग्य रहेको छन् ।
त्यस्तै १ सय ८४ विद्यालयमा घेरबार गरिएको छ । विद्यालयमा पानीको अभावका कारण शौचालय प्रयोगमा आउन नसकेका हुन् ।केही विद्यालयमा विद्यार्थी र शिक्षक मिलेर खोलाबाट पानी बोकेर शौचालय प्रयोग गर्न बाध्य भएको पाइएको छ । छात्रछात्राको शौचालय छुट्टाछुट्टै नहुँदा थप समस्या भएको विद्यार्थीले बताएका छन् । अधिकांश छात्रा महिनावारी हँुदा विद्यालय नै नआउने गरेको पाइएको छ । जिल्लामा छात्रभन्दा छात्राको संख्या बढी रहे तापनि छात्रामैत्री कुनै पनि सेवा सुविधा नहुँदा पढाइ प्रभावित भएको मावि भुरका छात्रा सुनिता घर्तीले बताइन् ।
प्रतिक्रिया