नेपालगञ्जमा धार्मिक सद्भावको पहल

dharmik sadbhavनेपालगञ्ज, २ चैत । सामाजिक सद्भाव कायम राख्न धर्म गुरुहरूले एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । धर्मका नाममा सामाजिक सद्भाव र भाइचारा सम्बन्ध बिग्रने गरी कुनै पनि हिंसात्मक र अपराधिक काम नगर्न हिन्दू, मुस्लिम, इसाई, बौद्ध र शिख धर्मका धर्मगुरुहरूले प्रतिबद्धता जनाएका हुन् ।

नेपालगन्जमा धार्मिक सद्भाव बिग्रन नदिन धर्म गुरुहरूले अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका गठन गरेका छन् । अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्चका संयोजकसमेत रहेका बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै शान्ति कायम राख्नका लागि निरन्तर प्रयास गरि रहेको बताउँछन् ।

मञ्चका सहसंयोजक रहेका मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरीले आफ्नो विश्वास र आस्था अनुसारको धर्म मान्ने अधिकार सबैलाई भए पनि अरूको धर्म र संस्कृतिको सम्मान गरेर सबै धर्मावलम्बीबीच भाइचार सम्बन्ध कायम राख्न सकिने बताए । बौद्ध धर्मगुरु गुन्जबहादुर लामा इसाइ धर्मका धर्म गुरु बेञ्जामिङ श्रेष्ठ, र शिख धर्मका गुरु राजेन्द्रसिंह शिखले सामाजिक सदभाव कायम राख्नका लागि स्थानीय प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगञ्जमा समाजमा शान्ति र सद्भाव कायम गर्नका लागि धर्मगुरुहरूले पु¥याएको योगदानको नागरिक समाजका अगुवाहरूले प्रशंसा गर्दै आएका छन् । सामाजिक सद्भाव कायम राख्नका लागि धर्मगुरुले निक्कै ठूलो सहयोग गर्दै आएका मध्य पश्चिमका प्रहरी नायब महानिरिक्षक माधव नेपालले बताए । धर्मगुरुहरू एकजुट भएपछि नेपालगञ्जमा धर्मको आडमा सामाजिक सद्भाव बिग्रने गरी कुनै हिंसात्मक घटना भएको छैन । त्यस्ता विवाद आउनासाथ स्थानीय प्रशासन र धर्मगुरुहरूको पहलमा विवाद मिलाउने गरिएको छ ।

प्रतिक्रिया