युएईको युद्धक विमान बेपत्ता

दुबई । संयुक्त अरब इमिरेटस् (युएई) द्वारा इरानको समर्थन प्राप्त यमनी विद्रोहीविरुद्ध हवाई कारबाही सञ्चालन गर्न पठाएको एउटा युद्धक विमान बेपत्ता भएको युएईले सोमबार जनाएको छ ।

संयुक्त सुरक्षा फौजका उच्च सैन्य अधिकारीका अनुसार यमनको सरकारविरुद्ध आन्दोलन गर्दै आएका विद्रोही लडाकूलाई सघाउन गएको विमान यमनको आकासबाटै बेपत्ता भएको बताएका यहाँको सरकारी समाचार संस्था डब्लुएएमले बताएको छ ।

साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाकर्मीले यमनमा इरानको समर्थन प्राप्त विद्रोहीविरुद्ध विगत लामो समयदेखि कारबाही सञ्चालन गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया