बागलुङ, १ चैत । यहाँको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा पछिल्लो ८ महिनाको अवधिमा ५० लाख रुपैयाँ बढी भेटी उठेको छ । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार गत साउनदेखि फागुन अन्तिम सातासम्ममा ५० लाख ५० हजार ९ सय ७० रुपैयाँ संकलन भएको हो ।
वार्षिक पूजाआजा ठेक्कामा दिँदा हुने आम्दानीभन्दा कम अवधिमा बढी भेटी संकलन भएको हो । अघिल्लो वर्षसम्म समितिले ठेक्का प्रणालीबाट पूजा सञ्चालन गर्दै आएको थियो । वार्षिक पूजावापत गत वर्ष ठेकेदारले मन्दिरलाई ४१ लाख रुपियाँ बुझाएका थिए । चालु आवदेखि भने समितिले ठेक्का प्रणाली हटाएर आपैmँले दैनिक पूजाआजा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।
भक्तजनले मन्दिरमा चढाएको नगददेखि मुढ, परेवा, चामल–अक्षताको रकम पनि भेटी स्वरूप राख्ने गरिएको छ । ‘मन्दिरको पूजाआजा व्यवस्थापन समितिले आपैmँ लिएपछि आम्दानी÷खर्चको दैनिक तथ्यांक÷विवरण राख्न थालेका छौँ’, समितिका अध्यक्ष राजु खड्काले भने ।
मुलुकको राजनीतिक अवस्था र नाकाबन्दीका कारण मन्दिरमा आउने भक्तजनको संख्या पनि घटेकाले आम्दानी आँकलन गरिएअनुसार नभएको समितिले जनाएको छ । प्रतिकूल परिस्थितिमा पनि मन्दिरमा हुने नियमित चहलपहल भने नघटेको समितिका अध्यक्ष खड्काको भनाइ छ ।
मन्दिरको कुल वार्षिक आम्दानीको १० प्रतिशत रकम केन्द्रीय गुठी संस्थानलाई बुझाउने गरिएको छ । समितिको कोषमा १ करोड जति रकम मौज्दात रहेको जनाइएको छ । मन्दिरमा भेटी, दानबाहेक अन्य बहुमूल्य धातु, घन्ट, गजुरलगायत जिन्सी सामान पनि भक्तजनले चढाउने गरेका छन् ।
प्रतिक्रिया