विद्युत् सहकारी संस्थाको अधिवेशन सम्पन्न

pachthar news copyपाँचथर, १४ फागुन । पाँचथर जिल्लामा विद्युत् विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापित ग्रामीण विद्युत् सहकारी संस्थाको बिहीबार पहिलो अधिवेशन सम्पन्न भएको छ । एमाले पूर्वगाविस उपाध्यक्ष तथा समाजसेवी विमल सापकोटाको अध्यक्षतामा ९ सदस्य समिति चयन गरिएको छ ।

९ सदस्य रहेको समितिका उपाध्यक्षमा प्रभावशाली तथा विकासप्रेमी युवा महेन्द्रविक्रम थाम्सुहाङ, सचिवमा नविन सुहाङ, कोषाध्यक्षमा फिदिम–१ नगरकी सामाजिक अग्रणी महिला मुना नेम्वाङलगायत चयन भएका छन । समितिको सदस्यहरूमा तारा योङहाङ, फडिन्द्र घिमिरे, चन्द्र चौलागाइँ, महेन्द्र निरौला र हेम फागो चयन भएका छन् ।

अधिवेशन ग्रामीण विद्युत् सहकारी संस्थाका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य नारायण पोखरेल, राजनीतिक दलका तर्फबाट माओवादी क्रान्तिकारी जिल्ला पाँचथरका जिल्ला अध्यक्ष बिसाल रसाइली, स्थानीय विकास अधिकारी कोमल धमलाले शूभकामना मन्तव्य राखेका थिए ।

अन्य अतिथिहरूमा समाजसेवी तथा विकासप्रेमी राष्ट्रिय नवसांकृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष भूमिका नेम्वाङसमेतको उपस्थिति रहेको थियो । कार्यक्रम महेन्द्र विक्रम थाम्सुहाङको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिक्रिया