काठमाडौं । लेखक केशव श्रेष्ठद्वारा लिखित ‘बिसे नगर्चीको खोजी’ नामक गैरआख्यानात्मक कृति शनिबारसार्वजनिक गरिएको छ । म्याक्स भिजन लिले प्रकाशन गरेको पुस्तकलाई नेपाल संगीत तथा नाट््य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्त र अर्थविद् प्रा विश्वम्भर प्याकु¥यालले संयुक्त रूपमा सार्वजनिक गरे ।
पुस्तकको बिक्रीबाट लेखक र प्रकाशकले प्राप्त गर्ने सम्पूर्ण आम्दानी साना लगानीकर्ताको हितार्थ सञ्चालित नाफामूलक अभियान ‘जनउन्नतिका लागि लगार्नीकर्ताहरु’ अक्षयकोषमा प्रदान गरिनेछ । उक्त कोषले उद्यम विकासमा संलग्न व्यक्ति वा समूहलाई गच्छेअनुसारको सहयोग गर्ने लक्ष्य लिएको छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहलाई आफ्ना राज्यका दर्जी बिसे नगर्चीले रु एक मार्फत दिएको आर्थिक सल्लाहबाट मुुलुक एकीकरण गर्न सफल भएको विषयलाई जोडेर लेखकले देशमा नगर्चीजस्तै पात्रको खोजी गरेको कुरा उल्लेख गरेका छन् । पुस्तकले मुलुकमा लगानीकर्ताको कमी नभएको बरु संगठित नेतृत्व र इच्छाशक्तिको कमी रहेको आँैल्याएको छ ।
सो अवसरमा कुलपति सरूभक्तले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र व्यावसायिक पक्षलाई समेटिएको ‘बिसे नगर्चीको खोजी’ कृति विशेष गरी केही गर्न चाहने युवाका लागि बढी उपयोगी हुने बताए । अर्थविद् डा प्याकु¥यालले ज्ञानमा आधारित उद्यमशीलता अगाडि बढाउन पुस्तकले नयाँ व्यवसायीलाई उत्साह थप्ने काम गरेको विचार व्यक्त गरे । साहित्यकार तथा पर्यटन व्यवसायी रामकाजी कोने, साहित्यकार श्यामल, पुरूषोत्तम सुवेदी, निमेष निखिल र यादव भट्टराईले पुस्तकले गफभन्दा पनि उद्यम गर्न पाठकलाई प्रेरणा दिएको बताए ।
लेखक श्रेष्ठले मुलुकमा आर्थिक विकास नहुनुमा राजनीतिक नेताहरुलाई मात्रै दोष दिएर बस्नुभन्दा आफैँ अग्रसर भई उद्यम गर्नुपर्ने विषयलाई आफूले कृतिमा औँल्याउन खोजेको जानकारी दिए ।
सेभ द चिल्ड्रेन नेपाल नामक संस्थामा निर्देशकका रूपमा कार्यरत ४९ वर्षीय लेखक श्रेष्ठका ‘मालती’, ‘जुनी बित्ला र ?’ र ‘विस्थापित सहर’ शीर्षकमा तीन उपन्यास तथा ‘चौथो प्रहर’, ‘खोज्दै जाँदा तिमीलाई’लगायत शीर्षकका कविता, कथा र निबन्धसंग्रह प्रकाशन भइसकेका छन् ।
प्रतिक्रिया