आगामी दुई दशक विद्युत उत्पादन दशक

पहिलो दशकमा १० हजार मेगावाट उत्पादन गरिने ।
घरघरमा विजुली, जनजनमा सेयर’ नीति लागू गरिने ।
निर्माणाधीन आयोजना नरोकिने ।

tope copy

पोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रूपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताएका छन् ।

रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई बिहीवार सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा संकटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीब्र गतिमा अघि बढाइने बताए ।

‘घरघरमा बिजुली जनजनमा सेयर’ मूल नाराका साथ जलविद्युतका बाँकी आयोजनालाई विशेष प्राथमिकताका साथ अघि बढाइने बताउँदै उनले सरकार, निजी क्षेत्र र ठूला कम्पनीबाट विद्युत् उत्पादनमा ठूलो लगानी गरिने बताए ।

भूकम्प, नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण रोकिएका सबै आयोजना सञ्चालन भएको बताउँदै उनले अब इन्धन र ग्यासको अभावमा निर्माणाधीन आयोजनाको काम नरोकिने दाबीसमेत गरे ।

ढिलासुस्तीले १ सय ६ वर्षमा जम्मा ३ सय मेगावाट मात्रै विद्युत् उत्पादन गरिएकाले अहिले नेपालीले चर्को लोडसेडिङको मार खेप्नुपरेको बताउँदै उनले भने, ‘नदीमा पानी सुक्दै गएकाले अभैm केही समय विद्युतभार कटौती बढ्न सक्छ तर विद्युतभार कटौती घट्न सुरु भएपछि घट्दै जान्छ, बढ्दैन ।’

प्रतिक्रिया