काभ्रेमा ग्यासको व्यापक कालोबजारी

काभ्रे, १७ माघ । राजधानीबाट नजिकै रहेको काभ्रे जिल्लामा ग्यासको व्यापक कालोबजारी हुने गरेको उपभोक्ताहरूले गुनासो गरेका छन् । उनीहरूले आपूmले ग्यासको लागि नाम टिपाए पनि डिपोले अनयत्रबाटै सप्लाई गरेर बढीमूल्यमा बेच्ने गरेको आरोप लगाएका छन् ।

बनेपामा डेरा गरी बस्ने डिल्लीराम थापाले नजिकै रहेको सत्य साई ग्यास डिपोमा आफ्नो सगर ग्यासको खाली सिलिन्डर दिएको शुक्रबार १८औँ दिन पुगेको छ । २ छोरासँगै डेरामा बस्दै आएका उनले ग्यास नपाएर दाउरा प्रति किलो २० रुपैयाँको दरले किनेर खाना बनाइरहेका बताए । उनले कामको व्यस्तता, छोराहरूको अध्ययन, डेरामा बसेर आगोमा खाना बनाउन सास्ती भएको बताए ।

त्यसैगरी बनेपामा डेरा गरी बस्ने थापा जस्ता अन्य २३ जनाले सत्यसाई डिपोमा नाम टिपाएका छन् । अन्य डिलरहरूमा पनि सर्वसाधारण उपभोक्ताहरूले यसैगरी आधा सिलिन्डर ग्यासको माग गर्दै नाम टिपाएको हप्तौँ भइसक्यो । कतिपय सर्वसाधारणहरू त डिपोबाट ग्यास नपाएपछि कम्पनीमै ग्यास माग्न जान्छन् । कम्पनीले सर्वसाधारणहरूलाई डिपो बाटै ग्यास लिनु भन्दै फर्काउने गरेको छ । सर्वसाधारण आधा सिलिन्डर ग्यास नपाएर छ्पटाइरहेको बेला ग्यास कम्पनीहरूले भने पहुँचवालाहरूलाई भने पुरै भरिएको सिलिन्डर ग्यास दिएर व्यापक कालोबजारी भइरहेको बताइन्छ ।

नेपाल सरकारले इन्धन संकट भएको भन्दै आधा सिलिन्डर ग्यास वितरणको प्रावधान राखेको भए पनि काभे्रको बनेपामा नजिकै रहेको सगर ग्यास उद्योगले पहुँच वालाहरूलाई कारखानाबाटै पूरा भरिएको सिलिन्डर ग्यास वितरण गरिरहेको समाचार श्रोतले जनाएको छ । स्थानीय नाला जाने बाटोमा मापदण्ड मिचेर राखिएको सगरमाथा ग्यास उद्योगले ३ हजार पूरा ग्यास भरिएको सिलिन्डर लुकाएर बिक्री गरेको त्यही कार्यरत कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन् ।

ती कर्मचारीका अनुसार दिनभर विभिन्न संस्था तथा व्यक्तिहरू गाडी लिएर आउँछन् । उनीहरूलाई तुरुन्तै माग बमोजिमको ग्यास दिएर पठाइने गरिन्छ । ग्यास ९ बुलेट एकै चोटी आएर राख्ने ठाउँ नहुँदा ३ बुलेट स्टक नै रहेको ती कर्मचारीको भनाइ छ । कारखानाबाटै आधा भरिएको सिलिन्डरको सट्टा पूरा भरिएको सिलिन्डर नै बिक्री गरेको खुलेपछि कालोबजारीको नयाँ रहस्य खुलेको छ ।

यता उपभोक्ता भने डिपोले डिलरमा पठाउला भन्ने आशमा बसेको हप्तौँ बितिसक्दा पनि आधा सिलिन्डर ग्यास नपाएका कारण आक्रोशित हुन थालेका छन् । पीडित उपभोक्ता थापाले भने, ‘म जस्तै सयौँ उपभोक्ता महँगो दाउरा किनेर बाल्न विवश छन् ।’ उनले थपे, ‘ग्यासका बुलेटहरू आएको गएको देख्छु तर एक महिना हुनै लाग्दा पनि आधा सिलिन्डर ग्यास दिँदैन । ग्यास डिपोमा नै दैनिक सयौँको संख्यामा उपभोक्ताको लाम लाग्छ तर दिनभरि बस्दा पनि ग्यास नपाएपछि निराश हँुदै दाउरा किन्न पुग्छन् ।’

कालोबजारी गर्नेहरूले पहुँचको आधारमा ग्यास दिएपछि उपभोक्ता झन पीडामा परेका हुन् । ठूला होटल सञ्चालकहरूलाई कम्पनीले नै ग्यास पु¥याइँदै आएको पनि रहस्य खुलेको छ । कम्पनी र प्रहरीको मिलेमतोमा सेटिङ हुँदै आएकाले अझ सजिलो भएको स्रोतले बताए । काभ्रेमा रहेको ४ ग्यास कम्पनीहरू सगरमाथा, सूर्य, चण्डी र हिमालका डिपोहरूमा यस्तो भइरहेको छ ।

प्रतिक्रिया