सतर्कता केन्द्रमा उजुरीको चाङ

चितवन, १४ माघ । राष्ट्रिय सतर्कता केन्द्रमा विभिन्न माध्यमबाट मंसिर मसान्तसम्म २ सय ७८ वटा उजुरीको चाङ लागेको छ । यस अवधिमा २ सय ९ वटा उजुरीको फछ््र्यौटसमेत गरिसकेको केन्द्रले जनाएको छ ।

चितवनमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व’ विषयक अन्तत्र्रिmया गोष्ठीमा केन्द्रका तर्फबाट बोल्दै प्रहरी नायव महानिरीक्षक रोशननाथ पन्तले गत आर्थिक वर्षबाट सरेर आएका ५ सय ३६ र यसवर्ष दर्ता भएका २ सय ७८ गरी ८ सय १४ उजुरीमध्ये २ सय ९ वटा फछ्र्यौट भएको बताएका छन् । उनले तीमध्ये ३ वटालाई ध्यानाकर्षण गराइएको, ५ वटालाई सुझाव दिइएको, १९ वटालाई निर्देशन दिइएको, २७ वटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा तामेली गराइएको र अन्य तामेलीमार्फत १ सय ५५ वटा उजुरी फछ्र्यौट गराइएको जानकारी दिए । बाँकी ६ सय ५ वटा उजुरीमाथि छानबिन भइरहेको पनि उनको भनाइ रहेको छ । केन्द्रमा हटलाइन, इमेल, फ्याक्स, गोप्य निगरानी, छड्के जाँच, पत्रपत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित समाचार आदिका साथै उजुरी पेटिका, हुलाक र केन्द्रमा सोझै प्राप्त हुने लिखित र मौखिक उजुरीका आधारमा अनुसन्धान गरिने प्रहरी नायव महानिरीक्षक पन्तले बताए ।

यसैगरी, आर्थिक वर्ष ०७१÷७२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व भएका सार्वजनिक पद धारण गरेका ३ लाख ६१ हजार १ सय ७ जना पदाधिकारीमध्ये ३ लाख ३६ हजार ७ सय ३१ जना पदाधिकारीले मात्र विवरण बुझाएको पनि उनले जानकारी दिए ।

सो अवसरमा प्रहरी उपरीक्षक इन्द्रबहादुर डाँगीले ‘भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक’ र केन्द्रका शाखा अधिकृत केशव ज्ञवालीले ‘नागरिक वडापत्र विकासक्रम र नेपालमा यस सम्बन्धी कानुनी व्यवस्था तथा नतिजा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाको प्रहरी नायव महानिरीक्षक पन्तले जवाफ दिएका छन् । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भ्रष्टाचार नियन्त्रणका लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, कार्यालय प्रमुख, भ्रष्टाचारविरुद्ध काम गर्ने संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो

प्रतिक्रिया