चिसोले एकको मृत्यु

धनकुटा । धनकुटाको ताङ्खुवामाचिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । हात्तिखर्क–८ का ४० वर्षीय नेत्रबहादुर राना मगरको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार मृतक मगर ताङ्खुवाका जनकसिंह लिम्बूको घरमा घरयसी कामदारको रूपमा काम गर्दै आएका थिए । काम सकेर बिहिबार वेलुका घर जान भनी हिँडेका मगर शुक्रबार बिहान ताङ्खुवा–८ स्थित भीरको बाटोमा मृत फेला परेका हुन । स्थानीयले शुक्रवार बिहान बाटोमा मगरलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । उनले अत्यधिक जाडोको समयमा पनि भेस्ट र पेन्ट मात्र लगाएका थिए ।

जिल्ला प्रहरी प्रवक्ता बिमल बस्नेतका अनुसार जाडोको समयमा अत्याधिक माधक पदार्थ सेवन गरेर घर फर्कंदै गर्दा मदिराको मातले राती बाटोमै सुतेको अवस्थामा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया