पाँचथर, १ पुस । भारतको अघोषित नाकाबन्दीले लामो समयसम्म नआएको ग्यास डिलरमा बुधबार सिमित मात्रमा ग्यास आएको छ । आधा भरिएको ग्यास सिलिण्डर बजारमा आएपछि सर्वसाधरणकालागि केही राहात भएको उपभोक्ताहरूले बताएका छन् ।
उपभोक्ताहरूले ३ महिना पछि ग्यास पाएपनि सात केजीमात्र रहेको भन्दै खिन्न मन बनाएका छन् । ‘यसैले भएपनि काम त चलाउनै पर्छ के गर्ने ? एक उपभोक्ताले भने । यस्तै फिदिम बजारबाट ग्यास ल्याउदै गरेकी होटल संचालिकाले भनिन् ,‘यतिभएनी अलिकती राहात भएको छ ।’
अहिले भारत सिमा नाकामा सहज हुँदै गएको भएपनी फिदिमका लागि ग्यास पर्याप्त आउने अवस्था नभएको तथा बिराटनगर डिपो बाट फिदिमस्थित डिलरलाई समयमा नपठाउने गरेको पाँचथर डिलर संचालक नरेन्द्र अधिकारीले बताएका छन् । उनले बिराटनगरमा ग्यास भित्रीयो भन्ने समाचार सून्ने गरेको र तिन महिनासम्म ग्यास नआउदा उपभोत्तालाई आहात भएको बताउदै विराटनगरमा सम्पर्क गर्दापनि कुनै प्रतिक्रिया नआउने गरेको बताएका छन् । अधिकारीले भने, ‘ अहिले ग्यास त आयो तर एकदम थोरै आएको छ । तर अहिलेपनि ग्यास ल्याउन पहल गरिरहेको छु ।
जिल्लावासिका लागि फिदिम बजारमा ग्यास आपूर्ति गर्न जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमूख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरे र ग्यासका डिलर संचालकले विराटनगरमा ग्यासको बिषय लिएर पटकपटक फोन बाट प्रयत्तन गरे पश्चात यति ग्यास आएको उनले जनाएका छन् ।
यता अर्काथरी सर्वसाधरण भने प्रीमा ग्यास पाउनकालागी लटमा खालिसिलिण्डर लाईनमा राख्न तछाड मच्छाड गरिरहेका छन् । प्रिमा ग्यास डिलरले बितरणमा सहजका लागी २ सयका दरले खालिसिलिण्डर लिने गरेको छ । उपभोत्ताहरूलाई आएको ग्यास बितरण गर्न सजिलो हूने भएकाले लटमा राखि उपभोत्ताहरूको नाम टिप्ने गरेको प्रिमाग्यास का डिलर प्रकाश तिमल्सेनाले बताए । प्रिमा ग्यास आपूर्ति कहिले सम्म हुने भन्ने विषय हाल सम्म थाहा नभएको तिमल्सेनाले बताए ।
प्रतिक्रिया