बुटवल, २९ मंसिर । निर्माणकार्य पूरा नहुँदै भत्किन सुरु भएको बुटवलको फोरलेन सडक व्यापारीहरूको बलमिच्याइँका कारण थप जीर्ण बनेको छ । सडक किनारामा व्यापारिक प्रतिष्ठानहरूले सडक मापदण्ड विपरीत आपूmखुसी फलामको ¥याम राखेका कारण सडक जीर्ण बन्ने खतरा बढेको हो ।
सडक किनारामा राखिएको फलामे ¥यामका कारणले फुटपाथमा हिँड्ने पैदल यात्रीसमेत असुरक्षित बन्ने गरेका छन् । तर, सडक सुरक्षाका लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेको ट्राफिक प्रहरीको भने यसतर्फ ध्यान पुग्न नसकेको पैदलयात्रीहरूको गुनासो छ । खासगरी मोटरसाइकल, रिक्सा तथा साना गाडीहरू कुनै पनि फुटपाथबाट हिँडाउन पाइदैन । तर, बुटवलका अधिकांश व्यापारीले आफ्नो अनुकूलताका लागि व्यावसायिक प्रतिष्ठान अगाडि आपैmँ फलामको ¥याम राखेर फुटपाथमा गाडी गुडाउने देखि लिएर फुटपाथमै माल सामान ढुवानी गराउने गरेको पाइएको छ ।
आवश्यक स्थानमा मात्र सडक विभागले आपैmँ सिमेन्टको ¥यामको व्यवस्था गरेको भए पनि अत्यावश्यक वाहेक अन्य स्थानमा यस्तो प्रकारको ¥याम राखेको छैन । तर, बुटवल क्षेत्रका साथै आसपासका बजार क्षेत्रको अधिकांश सडकको दायाँवायाँ फुटपाथमा व्यापारीहरूले फलामको ¥याम राख्ने गरेका छन् । जसकारण फुटपाथमा पैदलयात्रीहरू त्रासमा हिँड्न बाध्य भएको बताउँछन् ।
बुटवलको नयाँबसपार्कदेखि अस्पताल लाइन आउने क्रममा आइतबार एउटा मोटरसाइकलले फुटपाथमा पैदल हिँड्दै गरेकी गुल्मीकी सावित्रा न्यौपानेलाई झन्डै ठक्कर दिएन । उनी अन्य सर्वसाधारण जस्तै वायाँतर्फको फुटपाथबाट हिँड्दै थिइन् । तर, अगाडिबाट हुइकिएर आएको मोटरसाइकलले उनलाई तर्सायो । उनले तत्काल प्रतिक्रिया दिँदै भनिन् ‘फुटपाथमै हिँड्न पनि गाह्रो हुने भो । हामी जस्ता पैदलयात्रीका लागि बाटोचाहिँ कुन हो ? यहाँको नियम पनि के हो खै ।’
फुटपाथको जताततै स्थानमा व्यापारीले फलामको (¥याम) रेलिङ राखिदिएके कारण पैदयात्रु दुर्घटनाको जोखिममा परेका छन् । फुटपाथबाटै साना सवारीसाधनहरू हुइकिन थालेपछि बुटवलको व्यस्त बजारमा फुटपाथमा राखिएका अधिकांश सिमेन्टका ‘स्लाब’ भाँचिएका छन् ।
केही समय पहिला बुटवलमा ट्राफिक प्रमुखको रूपमा रहेका विभूतिराज पाण्डेले फुटपाथ खाली गराउने अभियान सुरु गरेका थिए । उनले यसरी अवैधरूपमा राखिएका फलाममा ¥याम र फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाएका थिए । एसपी पाण्डे सरुवा भई गएपछि आएका अन्य ट्राफिक प्रहरी प्रमुखहरूको यसतर्फ नजर पुग्न नसकेको स्थानीयको गुनासो छ । सडक सुरक्षाको लागि भन्दै ‘लेन सुरक्षा’ अभियान सुरु गरेका अहिलेका पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले यसतर्फ ध्यान दिनुपर्ने सर्वसाधारणको भनाइ रहेको छ ।
सडक डिभिजन कार्यालय बुटवलसँगको सम्झौता अनुसार ठेकेदार कम्पनीले गाडीबाट समान लोड अनलोड गर्ने स्थानमा २० सेन्टिमिटर तथा पैदलयात्रुका लागि १० सेन्टिमिटर गोलाइ भएको ‘स्ल्याब’ राखेर फुटपाथ निर्माण गरिएको छ । तर ठाउँ–ठाउँमा मापदण्ड विपरीत भार थेग्न नसक्ने र पैदल यात्रुका लागि ‘स्टेमेट’ गरेर बनाइएको सडकमा ठुल्ठूला भारका गाडीहरू चढाउने तथा ओराल्ने गरेका कारण सडक पेटी जीर्ण बन्दै गएको छ ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासेनीले–‘मापदण्ड विपरीत व्यापारीहरूले फलामको गाडी चढाउने भ¥याङको प्रयोग गरेर ठुल्ठूला भारका ट्रक, बस तथा ट्रिपरसमेत चढाउने गरेका कारण सडक पेटी भत्किएको बताउँछन् । उनले निकट भविष्यमा नै ट्राफिक प्रहरीको समन्वयमा नियम विपरीत राखिएका कुनै पनि सामग्री हटाउने जानकारी दिए ।
प्रतिक्रिया