कतै पक्राउ कतै आदेश नै छैन

काभ्रे, १६ मंसीर । अनुगमन टोलीले काभ्रेका पम्पहरूमा अनुगमन गरेर ६ वटामा सिल लगाए पनि कालोबजारी गर्नेहरूलाई थप कारबाहीको प्रक्रिया अघि बढाउन भने सकेको छैन । काभ्रेको बनेपाका एक व्यवसायीले प्रहरीले साना मात्रामा पेट्रोल समातेर कारबाही गरे पनि ठूला कालो बजारीयालाई कारबाही गर्न अनाकानी गरिरहेको आरोप लगाउँछन् ।

गल्तीलाई ढाकछोप गर्न मेसिन नै फेर्न सफल काभ्रेका व्यवसायीलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेसँगै काभ्रेका पम्प सञ्चालकहरू र प्रशासनबीचको साठगाँठ सार्वजनिक भएको छ । सार्वजानिक स्थलमा नै डिएसपीलाई आफ्नो पम्पमा सो रिमोर्ट रहेको स्वीकारेर बचाउ गर्ने काभ्रेका व्यवसायीहरू सो रिमोर्ट सेटिङ गर्न सिन्धुपाल्चोक पुग्दा ‘सेटिङ मिलाउन’ बाह्रबिसेस्थित सेराप इन्टरप्राइजेज पुगेका उनीहरूलाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती व्यवसायीले सिन्धुपाल्चोकमा पनि मेसिन फेर्ने प्रयास गरेका थिए ।

पाँचकुमारी आयल स्टोरका निरञ्जन तिमल्सिना, माता उग्रचण्डी आयल स्टोरका विनोद धिमाल, भगवती आयल स्टोरका कृष्ण उप्रेती, धुलिखेल आयल स्टोरका राजु श्रेष्ठ र सेरापका राजन पराजुलीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ । भैरहवाबाट मिस्त्री मगाएर मेसिन नै परिवर्तन गरेको भन्दै पक्राउ गरेको बताइएको छ । काभ्रेमा रहेका पम्प सञ्चालकलाई प्रहरीले पक्राउ आदेश नभएको भन्दै छोडेको जनाएको छ । पम्पमा रिमोर्ट राखेर ठगी गरेको प्रमाणित भइसक्दा पनि प्रहरी र प्रशासनले कारबाही नगरेपछि स्थानीय आक्रोशित बनेका छन् । काभ्रे उद्योग वाणीज्य संघका सदस्य आत्माराम थापा नै ठगी र कालोबजारीमा मुछिएपछि प्रशासनले कारबाही गर्न आनाकानी गरिरहेको समाचार श्रोत जनाउँछ ।

प्रतिक्रिया