बिष्फोटमा युवक घाइते

bam bisfot2 (1)धनुषा, ५ मंसिर । बम विष्फोट भएर जनकपुरमा एक यूवक घाईते भएका छन् । घाइते हुनेमा सिरहाको गौरीपुर गाविस ९ का श्रवण यादव रहेको प्रहरीले जनाएको छ । जनकपुर उप–महानगरपालिका ४ क्याम्पस चोक नजिक रामनरेश यादवको घरमा भाडामा बस्दै आईरहेका थिए ।

शनिवार विहान आफ्नै डेरामा टिफीनमा बम बनारहेको बेला बिष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विष्फोटबाट गम्भीर घाईते भएका यादवको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बिष्फोटबाट यादवको शरीरको विभिन्न भागमा छर्रा लागेको छ । घटना विषयमा थप अनुसन्धान भईरको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया