जनकपुरधाम । धनुषाको गोदार एक महिलाको बलात्कार पश्चात हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ । गोदार गाविस ७ की २८ वर्षिय शोभा गुप्ताको शव शनिबार विहान घर नजिकैको उखुघारीमा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान अनिल गुप्ताको अनुसार पांच दिनदेखि शोभा घरबाट वेपत्ता भएकी थिईन् । शोभालाई खोजतलाश गरिदिन पोर्ताहा प्रहरी चौकीमा मौनि जानकारी समेत गराएको श्रीमान अलिनलको भनाई छ ।
तर, खोजतलाश गर्दा पनि शोभा फेला परेकी थिईन्न् । शनिबार विहान उँखुघारीमा शोभाको शव स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । (सौस)
प्रतिक्रिया