इलाम, २३ कात्तिक । इलाममा जंगली सुंगुरको विगविगी बढेको छ । इलामको जौबारीस्थित कृषि अनुसन्धान केन्द्र र बागवानी विकास केन्द्रले लगाइको बाली रातको समयमा बँदेलले खाइदिन थाले पछि समस्या भएको हो ।
केन्द्रले परिक्षणका लागी लगाएको विभिन्न प्रजातीको बाली खाएर सखाप पार्न थालेपछि ब“देल मुख्य समस्य भएको कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक केशवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । जमुना र जोगमाईको सीमानामा अवस्थित जौबारीमा केन्द्रले लगाएको बाली ब“देलको हुलले खाएर नष्ट गरेको उनले बताए ।
ब“देलबाट बाली जोगाउन २४ सै घण्टा हेरालु राख्नु परेको केन्द्रले जनाएको छ । यसले बाली अनुसन्धान र उत्पादन खर्च समेत बढाई दिएको छ । २४ सै घण्टा हेरालु राखेर मात्र यस वर्ष छ ट्रन आलु उत्पादन गरेको श्रेष्ठले बताए । यसका लागि चार जना स्थानीय युवालाई रातको समयमा दोब्बर खर्च दिएर हेरालुका रुपमा राखिएको कार्यालयले जनाएको छ ।
उक्त स्थानमा भारत पश्चिम बंगालको सिंहलिला वन क्षेत्रसँग जौबारीको सीमाना जोडिएकोले वर्षौदेखि ब“देलको बिगबिगी हट्न नसकेको हो । ब“देलकै कारण बागवानी विकास केन्द्रले पनि बाली उत्पादनमा दोब्बर खर्च गर्नुपरेको केन्द्रले जनाएको छ । केन्द्रले बाली उत्पादन गर्नका लागि स्थानीय युवालाई खर्च तथा आवास व्यवस्था गरेर २४ घण्टै हेरालु राख्ने गरेको छ । यसो नगरे ब“देलबाट बाली जोगाउन नसकिने बागवानी केन्द्रका वरिष्ठ वागवानी अधिकृत उमानाथ भण्डारीले जानकारी दिए । उनका अनुसार ब“देलले बाली जोगाउन लगाइएको घेराबारा समेत भत्काएर बाली खाईदिने गरेको छ ।
वाली लगाएको ठाउ“मै गोठ बनाई रुंग्न लगाएको बताउ“दै उनले भने, ‘बाली हेरालु समेत एक्लै बस्न सक्दैन । एक्लै देखेमा ब“देलले मान्छेलाई नै आक्रमण गर्ने गर्दछ ।’ केन्द्रका अनुसार समस्या भएपनि सरकारी तवरबाट अहिलेसम्म समाधानको कुनै उपाय अपनाउन सकिएको छैन । यसको नियन्त्रणमा राज्यले पहल गर्नुपर्ने उनको भनाई छ । ब“देल समस्या समाधान गर्न सके यो क्षेत्रको कृषिमा आर्कषण बढाउन सकिने केन्द्रले बुझाई छ ।
केन्द्रलाई मात्र होइन, जमुना र जोगमाईको माथिल्लो क्षेत्र जौबारीका स्थानीयवासीको वर्षौंदेखिको समस्या हो ब“देल । अहिलेसम्म समाधान गर्न कसैले चासो नदेखाएको स्थानीय बुद्धवीर राई बताउ“छन् । जौबारी क्षेत्रमा बाली लगाएपछि पाकुन्जेल नरुङे खानै पाइन्न । ‘रातभरी जाग्राम बसेर बचाए मात्र खाद्यान्न बाली जोगाउन सकिन्छ’ जमुनाका रुद्र थेबेले भने ‘एकै रातमा ब“देलले बाली सखाप बनाई दिन्छ । केहि गर्नै सकिन्न ।’
प्रतिक्रिया