मटरमा रोगको सङ्क्रमण

इलाम, २३ कात्तिक ।  इलाममा मटर खेती गरिरहेका किसानलाई मटर सानो टुसामा देखिएको ढुसिजन्य रोगले चिन्तित बनाएको छ । व्यवसायिक रुपमा मटरको खेती गर्दै आएका उत्तरी इलामका कृषकहरु चिन्तित बनेका छन् । मटरको टुसा उम्रदै रोगको संक्रमण देखा परेपछि किसानहरु यसवर्ष लगानी समेत नउठ्ने चिन्तामा परेका हुन् ।

यसपालीको मौसममा बढि मात्रामा हुस्सु लागेको कारण यस्तो समस्या आएको हुनसक्ने सुलुबुङका कृषक युवराज पौडेलको अनुमान रहेको छ । मटरको टुसाको पातमा छिर्का देखिने तथा पात कुहिने किसिमको रोगको संक्रमण देखा परेको कृषकहरुले बताए । मटर रोप्ने बेलामा बिउ नपाएर हैरानी व्यहोरेका किसानले भारतबाट प्रति केजी चारदेखि पा“च सयका दरले खरिद गरेर रोपेका छन् ।

यसरी मटरको टुसामा विगत दुई वर्षदेखि ढुसिजन्य रोग लाग्न थालेको माइमझुवाका कृषक पासाङ शेर्पाले बताए । ‘तीन÷चार वर्ष अघिसम्म खासै रोग लाग्दैनथ्यो, गत वर्षदेखि रोगको संक्रमण बढ्न थालेको हो’ शेर्पाले बताए । उत्तरी क्षेत्रमा प्रायजसो लगातार परेको बर्षास“गै हुस्सु लाग्दा यस्तो समस्या आएको हुनसक्ने सुलुबुङका अर्का कृषक हरि बुर्जाको भनाई छ ।

मटरको खेती इलामका सबैभन्दा बढि उत्तरी गाविस माइपोखरी, पुवामझुवा, साखेजुङ, चमैता, पशुपतिनगर, गोर्खे, नया“बजार, प्याङ, माबु, माइमझुवा, नया“बजार लगायतका गाविसमा गरिदंै आएको छ । त्यस क्षेत्रका कृषकहरुले २० केजीदेखि ७० केजीसम्म मटर रोप्ने गरेका छन् । खेती गरेपनि विभिन्न रोगहरु लाग्ने गर्दा उक्त क्षेत्रका कृषकहरुले वर्षेनी विस्तारै मटरको खेतीलाई पनि घटाउ“दै लगेको कृषक पासाङ शेर्पा बताउ“छन् ।

उत्तरी भेगमा उत्पादन हुने मटर कोसाको मुख्य बजार भारतको मानेभञ्ज्याङ हो । गतवर्ष मटर कोसाको मूल्य प्रतिमन चार हजार रुपैया“सम्मले बिक्रि भएको थियो । मटर कोसाबाटै कृषकहरुले एकै गाउ“मा एक करोड रुपैया“सम्म वर्षेनी भित्त्र्याउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार इलाममा गतवर्ष ७५ हेक्टर जमिनमा मटरको खेती भएकोमा दुई सय ७६ मेट्रिक टन मटरकोसा उत्पादन भएको थियो । जुन प्रतिहेक्टर ३ दशमलव ६८ प्रतिहेक्टर उत्पादकत्व हुन आउ“छ । विगतका वर्षहरुमा भन्दा गतवर्ष इलाममा मटर कोसाको उत्पादन बढेपनि यसवर्ष भने भन्न सकिने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया