सालघारीबासी हर्षित

pariyojana udghatanइलाम, २२ कात्तिक ।     इलामको इभाङ–८ सालघारी टोलकी ५२ वर्षिय मनमाया राई यतिखेर हर्षले गद्गद् भएकी छन् । यतिका आधा भन्दा बढी उमेर सम्म उनले कुवाको पानी बोक्नैमा बिताएकी थिइन् । बा“झो माइत भएकी उनलाई यस्तो पानीको अभाव भएको ठाउ“मा घरजम होला भन्ने सोचेकी थिइनन् रे । तर, भाविको लेखा कहाँ मेटिन्छ र आखिर उनी यस्तै ठाउँमा परिन् । बिहे गरेर आएको यत्तिका समय पानी बोक्नैमा बिताएकी राईलाई अहिले भने केही राहत मिलेको बताएकी छन् ।

मनमाया मात्र होईन त्यस सिंगो सालघारीबासीको यो समस्या थियो । घण्टौंसम्मको बाटो धाएर पानी बोक्नुपर्ने उनीहरुको बाध्यता हो । खानेपानीका लागि एक त टाढाको बाटो धाउनुपर्ने, अर्को कुवाबाट पानी भर्न घण्टौंसम्म लाईन लाग्नुपर्ने समस्या झेल्दै आएका उनीहरुले पिउनका लागि मात्र होईन, वस्तुभाउलाई समेत बोकेकै पानी खुवाउनु पर्ने समस्या थियो । तर, यो समस्यालाई नागरिक सचेतना केन्द्र सालघारीले सधैंका लागी समाधान गरिदिएको छ ।

त्यहाँ गठन भएको स्थानीय शासन तथा सामूदायीक विकास कार्यक्रम (एलजिसिडिपी) अन्र्तगतको ‘सालघारी नागरिक सचेतना केन्द्र’ ले । गारिबी न्युनीकरणका लागि सामूदायिक पूर्वाधार विकास अनुदान कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेपछि सचेतना केन्द्रले ‘सालघारी साना सिंचाई तथा खानेपानी परियोजना’ माग गरेका थिए । माग गरिएको परियोजना स्विकृत भएपछि स्थानीय समुदायको सक्रियतामा योजना पूर्णरुपमा सम्पन्न भएपछि त्यहाँ सर्वसाधरणको खुसी फर्किएको छ । ‘ धेरै महिलाहरुको आधा जीवन पानी बोक्दैमा बित्यो । सयौं वर्षदेखि गाग्रोमा पानी बोक्दै आएको शरिरले अव पानी बोक्ने समस्या झेल्न पर्दैन ।’ बोकेको पानीले गुजारा चलाउ“दै आएका सालघारी नागरिक सचेतना केन्द्रकी संयोजक सुमित्रा राईले भनिन् । उनले सालघारी बासीले घरमा धाराबाट पानी आउँला भनेर कहिल्यै कल्पना नगरेको बताएकी छन् । यो जुनीमा घरैमा पानीको धारा आउ“छ कसैले नसोचेको भन्दै सुमित्राले भनिन् ‘ समूदाय लागि परियो भने असम्भव हुन्न रहेछ ।’

उक्त परियोजना सम्पन्न गर्न सात लाख ८२ हजार छ सय दुई रुपिया“ लगानी भएको छ । जसमध्ये एलजीसीडीपीबाट चार लाख ३५ हजार रुपिया“ प्राप्त भएको थियो । गाविसले एक लाख रुपिया“ उपलब्ध गरायो । बा“की दुई लाख ४७ हजार छ सय दुई रुपिया“ बराबरको स्थानीय समूदायले श्रम जुटाएर योजना सम्पन्न भएको हो । परियोना सम्पन्न भएपछि सालघारीका बासिन्दालाई हर्षित भएका छन् ।

‘हामीले वडा परिषद बैठकबाटै प्राथमिकतामा राखेर गाविस र जिविसमा धेरै पटक हारगुहार ग¥यौं तर केही भएको थिएन पछि नगारिक सचेतना केन्द्रबाट निर्णय गरेर थालेको पहल भने सफल भएको छ ।’ केन्द्रकी संयोजक सुमित्राले हर्षित मुद्रामा भनिन् । ‘हामीलाई काकाकुलबाट मानिसको जीवनमा रुपान्तरण गर्ने काम स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम सामूदायिक पूर्वाधार विकास अनुदान कार्यक्रमले गरेको छ ।’ यसअघि रातसा“झ नहु“दै यहा“का महिलाहरु खानेपानीको मुहान पुग्न बाध्ये थिए ।
उनीहरु बिहान भालेको बासस“गै उठेर एक घण्टाको पानीको मुहानमा पुग्नुपर्ने बाध्येता थियो । ‘विहानै मुहानमा पुगियो भने पानी भर्न पाईन्थो, अलि ढिलो मात्र पुगेमा विहानको खाना खान पनि पाईदैनथ्यो’ स्थानीय पञ्चुमाया राईले आफ्ना अनुभव सुनाउ“दै भनिन्, ‘गाईवस्तुलाई खुवाउने पानी त झन् गाह्रो ।’ परियोजना सम्पन्न भएपछि सबै समस्या टरेको उनको भनाइ थियो ।

करिब ६ महिनाको निरन्तर मेहनतपछि यहा“का बासिन्दाले अघौंजी खानेपानी उपभोग गर्न पाएको परियोजना निर्माण समितिका अध्यक्ष राजकुमार राईले बताए । परियोजना सम्पन्न भएपछि यहा“का बासिन्दालाई पानी खान त सजिलो भयो नै सागसब्जी एवं तरकारी खेतीमा सिंचाई गर्न समेत सहज भएको उनको भनाई छ ।

स्थानीय विजुवानी खोल्साबाट ल्याइएको पानीले सालघारी नागरिक सचेतना केन्द्रका २१ घरधुरी र आसपासका दुई सय ३१ जना प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि त्यस टोलमा कुनै पनि आयोजना निर्माण हुन सकेको थिएन । चार वर्षअघि नागरिक सचेतना केन्द्र स्थापना भएपछि त्यस वस्तीमा मानिसहरु आफ्ना समस्या सम्बन्धित ठाउ“मा राख्न सक्ने भएका हुन् । सालघारीबासीले परियोजना सम्पन्न भएकोमा नाचगान गरेर खुसीयाली समेत मनाए ।

सालघारी साना सिंचाई तथा खानेपानी परियोजनाको उद्घाटन गर्दै स्थानीय सेवा प्रदायक संस्था मानव अधिकार मञ्च नेपाल इलामका सचिव एवं कार्यक्रम निर्देशक देवेन्द्र विश्वकर्माले स्थानीय समूदायको सक्रियता देखेर आफूलाई गर्व लागको बताएका छन् । स्थानीय शासन तथा सामूदायिक विकास कार्यक्रम मार्फत सामूदायिक पूर्वाधार विकास अनुदान कार्यक्रम अन्तर्गत सालघारीमा सो परियोजना सञ्चालन गरिएको हो ।

प्रतिक्रिया