इलाम, २२ कात्तिक । इलाम स्थित जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय तोकिएको एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत इलामले फैसला सुनाउनसाथ फरार भएका चुलाचुली–७ का ३२ वर्Èीय धनबहादुर सेवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त लिम्बूलाई जिल्ला अदालत इलाममा प्रस्तुत गरी कैद भुक्तानको लागि जिल्ला कारागार इलाम पठाईएइको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतमा विभिन्न मुद्धामा सजाय भुक्तान नगरी फरार अभियुक्तहरुको खोजतलास गर्न सञ्चालन गरेको विशेष अभियान अन्तर्गत लिम्बूलाई पेल्टीमारी प्रहरी चौकीले पक्राउ गरेको प्रहरीले जनाएको छ । लिम्बूलाई जिल्ला अदालतले २०६७ चैत ७ गते ५ वर्षको जेल साजय सुनाएको थियो ।
यस्तै ठगी मुद्धाका आरोपित इलाम नगरपालिका ५ का ५० वर्षिय गौपाल चौहान पक्राउ परेका छन् । चौहानलाई पक्राउ गरी पठाईदिन जिल्ला प्रहरी ताप्लेजुङले गरेको पत्रअनुसार आईतबार पक्राउ गरी जिल्ला प्रहरी ताप्लेजुङ पठाईएको प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । चौहानलाई घरैमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया