सुनसरी, २१ कात्तिक । इटहरी उपमहानगरपालिका अन्तर्गत तरहरा बजारमा रहेका अधिकांश सुनचाँदी पसलहरु मापदण्ड बिपरित सञ्चालन रहेको पाइएको छ ।
गुणस्तर तथा नापतौल बिभाग क्षेत्रिय कार्यालय बिराटनगरको संयोजन एवम इटहरी उपमहानगरपालिका, उद्योग बाणिज्य संघ साबिक हाँसपोसा गाबिस लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा बजार अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा यस क्षेत्रमा रहेका अधिकांश सुनचाँदी पसलहरु बिना दर्ता सञ्चालन भइरहेको तथा नाप तौलमा प्रयोग गरिने तराजुहरु समेत त्रुटि भेटिएको गुणस्तर तथा नापतौल बिभाग क्षेत्रिय कार्यलय बिराटगरका निरिक्षक मुकन्द चौहानले बताए । उनले बिना दर्ता सञ्चालनमा रहेको सुनचाँदी पसलहरुलाई ३ दिनको अल्टिमेटम दिएर दर्ता प्रक्रियामा आउन सचेत गराएको जानकारी दिएका छन् ।
उनले पहिलो पटक अनुगमन गरिएका कारण आफुहरुले सचेत मात्र गराइएको बताउँदै यसलाई अटेर गरेको पाइएमा आवश्यक कार्वाहीको प्रक्रिया अगाडी बढाउने जनाएका छन् । यस अघि तरहरा जेसिजले आयोजना गरेको जेसिज सप्ताह अन्र्तगत शनिबार भएको अन्तरक्रिया कार्यक्रममा तरहरा बजारमा अनुगमन कहिल्यै नभएको भन्दै गुनासो आएको थियो । सोहि गुनासोका आधारमा अनुगमन गरिएको बताइएको छ । निरिक्षक चौहानले तरहरामा गरिएको अनुगमन कार्यलाई निरन्तरता दिइने बताएका छन् । उनले सुनचाँदी बाहेकका अन्य किराना पसलहरुमा समेत अनुगमन गरिएको बताएका छन् ।
प्रतिक्रिया