खाजा खाने खर्चले भवन निर्माण

bhawan (2) - Copyइलाम, २० कात्तिक । इलामको बा“झो—१ स्थित विकट टोड्के वस्तीका राई समुदायले प्रत्येक दिन खाजा खाने खर्च कटाएर विद्यालयको भवन निर्माण गरिदिएका छन् ।

सबैजना एकै मनका साथ एकजुट भएर कुनै पनि काममा लागे अवश्य सफलता हात पार्न सकिन्छ । इच्छाए के पो गर्न सकिन्न र ? उदाहरण बनेको त्यहा“का समुदायले खाजा खाने खर्च बचत गरी भवन निर्माण गरेका हुन् । त्यस टोलमा स्थापित ‘टोड्के नागरिक सचेतना केन्द्र’ का २५ जना सदस्यहरूले खाजा खान आएको पैसा एकमुष्ट बचत गरेर भवन बनाएका हुन् ।

नागरिक सचेतना केन्द्रका संयोजक मनिसा राईको नेतृत्वमा गठित निर्माण सुमितिले छिमेकी टोलका समाजसेवीबाट समेत स्वेच्छिक रकम संकलन गरी भवन निर्माण गरेका हुन् । छलफलमा सहभागी भएवापत खाजा÷नास्ता शीर्षकमा आएको चार वर्षको रकममा सदस्यहरूले थप गरी दुई लाख ४२ हजार छ सय २५ रुपियाँको लागतमा भवन निर्माण भएको हो । जसमध्ये ६३ हजार रुपियाँ स्थानीय समाजसेवीबाट संकलन भएको थियो भने एक लाख ७९ हजार छ सय २५ रुपियाँ नागरिक सचेतना केन्द्रका सदस्यहरूले जम्मा गरेका थिए । चार वर्षको खाजा खर्च ६० हजार जम्मा भएको थियो । केन्द्रमा छलफलमा सहभागीका लागी वार्षिक १५ हजार रुपियाँ नेपाल सरकारबाट प्राप्त हुने गर्दछ ।

‘हामीस“ग छलफलका लागि भवनको समस्या थियो । समुदायमा पैसा पनि थिएन । गाविसमा योजना पेस गर्दा समेत स्वीकृत भएन’ नागरिक सचेतना केन्द्रकी संयोजक मनिसा राईले भनिन्, ‘त्यसपछि हामीले खाजा खान आएको पैसा बचत गर्न थाल्यौं, ब्याजमा लगानी ग¥यौं । प्रत्येक सदस्य र छरछिमेकी टोलमा समेत हारगुहार गरेर मुस्किलले भवन निर्माण गर्न सफल भयौं ।’

भवन निर्माण भएपछि छलफल गर्न, गोष्ठी तथा सभाहरू सञ्चालन गर्न सहज भएको निर्माण समितिकी सचिव पुनम राई बताउ“छिन् । ‘सबै मिलेर एकैसाथ निरन्तर काममा लागे अवश्य सफल भईन्दो रहेछ भन्ने महसुस भएको छ’ जिल्लाबाट अनुगमनमा गएको टोलिसमक्ष हर्षित मुद्रामा उनले भनिन्, ‘सबैबाट स्याबासी पाईएको छ । यसले थप उर्जा बढाएको छ ।’ टोड्के वस्तीका नासके सदस्य रहेका २५ जना नै राई समुदायका छन् ।

चार वर्षअघि गाविसका सर्वदलीय÷सर्वपक्षीय सरोकारवालाले गरेको सामाजिक श्रोत नक्साङ्कन, विपन्नता स्तरीकरण र शक्ति तथा पहु“च नक्साङ्कनमा अति विकट, अतिविपन्न टोलको रूपमा छनोट भएपछि त्यहा“ नागरिक सचेतना केन्द्र स्थापना गरिएको थियो । समुदाय परिचालनका माध्यमबाट गरिबी न्युनीकरण गर्ने उद्देश्यले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) मार्फत सञ्चालन सुरु गरिएको सामाजिक परिचालन कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६७÷०६८ मा टोड्के वस्तीमा नागरिक सचेतना केन्द्र स्थापना गरिएको थियो । बा“झोमा स्थानीय सेवा प्रदायक संस्थाका रूपमा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा सामाजिक परिचालन कार्यक्रम सञ्चालन भईरहेको छ ।

नागरिक सचेतना केन्द्रमा साप्तहिक रूपमा २ घण्टा रिफ्लेक्ट कक्षा सञ्चालन गरिन्छ । कक्षामा सहभागीबाट आएका मूख्य सवालहरूमा आधारित भई विभिन्न दैनिक जीवनोपयोगी विषयहरूमा छलफल हुने गर्दछ । कक्षामा सार्वजनिक सेवाप्रवाह, विकास र सहभागिता, सामाजिक विषयवस्तु तथा प्रथा र आर्थिक क्रियाकलाप तथा आयआर्जनसम्बन्धी विषयमा सामूहिक छलफल गरी कार्ययोजना समेत निर्माण गरी कार्यान्वयन गरिन्छ । साथै सहभागिहरूलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक सशक्तिकरणका माध्यमबाट उनीहरूको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गरिन्छ ।

साथै नागरिक सचेतना केन्द्रका सदस्यको गरिवी न्युनीकरण गरी जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सामुदायिक पूर्वाधार विकास अनुदान (सीआईजी) र जीविकोपार्जन सुधार कार्यक्रम (एलआईपी) सञ्चालन गरिदैं आएको छ ।

प्रतिक्रिया